थप ६ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ७७८ पुग्यो

थप ६ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ७७८ पुग्यो

नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  गण्डकी प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य निर्देशनालय, पोखराले थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो। नयाँ संक्रमित सबै बागलुङ जिल्लाका छन्।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोद बिन्दु शर्माले बुधबार प्रेस विज्ञप्ति प्रकाशित गरी बागलुङमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

नयाँ संक्रमित बागलुङको बढीगाड गाउँपालिकाका १९ र २० वर्षका दुई र बागलुङकै तमनखोला गाउँपालिकाका २१, २७, २७ र २१ वर्षका चार युवा छन्। 

बागलुङमा बुधबार पुष्टि भएका ६ सहित नेपालमा कोरोना संक्रमितको संख्या सात सय ७८ पुगेको छ।गाउँपालिकाको क्वारेन्टाइनमा रहेका उनीहरुलाई बागलुङसदरमुकामस्थित सरकारी अस्पताल लैजाने तयारी भइरहेको विज्ञप्तिमा उल्लेख छ।