नेट–म्याक्स प्रा.लिद्धारा धनगढीको त्रिभुवन माविको क्वारेन्टाइनमा निःशुल्क इन्टरनेटको व्यवस्था

नेट–म्याक्स प्रा.लिद्धारा धनगढीको त्रिभुवन माविको क्वारेन्टाइनमा निःशुल्क इन्टरनेटको व्यवस्था

धनगढी : धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा स्थापना गरिएको क्वारेन्टाईनमा नेट–म्याक्स प्रा.लि. निःशुल्क इन्टरनेटको व्यवस्था गरेको छ । मंगलबार धनगढी उप–महानगरपालिका वडा नम्बर ३ को कार्यालयसँगको सहाकार्यमा भक्त बिबि हेल्पीङ हेण्डस फर ह्युमानिटीले त्रिभुवन माध्यमिक विद्यालयमा तत्काल ५१ जनालाई राख्ने गरी क्वारेन्टाईन स्थापना गरेको थियो ।

उक्त क्वारेन्टाईनमा अहिले विभिन्न व्यक्तिहरुले निस्वार्थ रुपमा सहयोग गरिरहेका छन । क्वारेन्टाईनमा बस्ने नागरिकको मनोरञ्जनको लागी नेट–म्याक्स टेक्नोलोजीले निःशुल्क वाईफाईको व्यवस्था गरि दिएको भक्त बिबि हेल्प हेण्डस फर ह्युमानिटी संस्थाका सुदूरपश्चिम सल्लाहकार राज बहादुर चन्दले जानकारी दिए ।

उनले वाईफाईको व्यवस्था भएपछि अब क्वारेन्टाईनमा बस्ने नागरिकलाई सजिलो हुने विश्वास व्यक्त गरे । साथै उक्त क्वारेन्टाइन सञ्चालन गर्न विभिन्न व्यक्तिहरुले सहयोग गरिरहेका सल्लाहकार चन्दले बताए ।

अझै पनि विभिन्न सहयोगी दाताहरुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका उनले बताए । धनगढीमा क्वारेन्टाइन ब्यवस्थित नभएको गुनासो आइरहेका बेला धनगढीको त्रिभुवन माध्यमिक विद्यालयमा भक्त बिबि हेल्पीङ हेण्डस फर ह्युमानिटीले तत्काल ५१ जनालाई राख्न मिल्ने गरि क्वारेन्टाइन स्थापना गरेको छ ।