क्यालिफोर्नियामा इतिहासकै विनाशकारी आगलागी (फोटोफिचर)

क्यालिफोर्नियामा इतिहासकै विनाशकारी आगलागी (फोटोफिचर)

दक्षिणी क्यालिफोर्नियामा गत बिहिबारदेखि सुरु भएको आगलागीमा परी कम्तीमा ११ को मृत्यु भएको छ ।

आगलागीका कारण शुक्रबार भेन्तुरा र लस एन्जलस काउन्टीलगायत मालिबु, कालाबासास र तोपाङ्ग क्यान्योन एरिया अनिवार्य खाली गर्नुपर्ने निर्देशन दिइएको छ ।

दक्षिणी क्यालिफोर्नियाको ७५ हजार एकड जमिन आगालागीको चपेटमा परेको बताइएको छ ।

यस्तै, उत्तरी क्यालिफोर्नियाको बुटे काउन्टीको क्याम्प फायर एक सय पाँच हजार एकड जमिनमा फैलिएको छ ।

उक्त क्याम्प फायरले नौ जनाको ज्यान लिएको छ भने ३५ जना हराइरहेका छन् ।

यो क्यालिफोर्नियाको इतिहासमा सबैभन्दा विनाशकारी आगलागी मानिएको छ जुन विद्युतीय तारको गडबडीका कारण सुरु भएको अनुमान गरिएको छ ।

सान्ता एना शहरमा तीब्र गतीमा बहिरहेको हावाका कारण आगलागी अत्यधिक फैलिरहेको बताइएको छ ।

राष्ट्रपति ट्रम्पले शुक्रबार आपतकालको घोषणा गर्दै उद्दारकार्यका लागि आवश्यक रकम प्रदान गरिएको जानकारी दिएका छन् ।

पुलिसका अनुसार मुलहोल्यान्ड हाइवेमा शनिबार रोकिराखेको बसभित्र दुईजनाको शव भेटिएको जानकारी दिएको छ ।

उक्त आगलागीका कारण लाखौं जनता आफ्नो घर छोड्न बाध्य भएका छन् ।

लस एन्जलसका काउन्टी शेरिफ चिफ जोन बेनेडिक्टले घाइतेबारे जानकारी दिन अस्विकार गरे ।

बुटे काउन्टीमा ९ जनाको मृत्यु भएको खबर सार्वजनिक भएको भोलिपल्ट दुईको मृत्यु भएको जानकारी आएको हो ।

शनिबार लस एन्जलस टाइम्सले बताए अनुसार आगो नियन्त्रणका लागि हरसम्भव प्रयास गरिँदैछ ।

लस एन्जलस काउन्टी फायर चिफ ड्यारिल ओस्बीले उक्त आगलागीलाई अत्यधिक भयानक बताएका छन् भने इमर्जेन्सीका सदस्यले यस्तो आगलागी आफूले जीवनमा कहिले पनि नदेखेको बताएका छन् ।