कोरोनाको आशंकामा धनगढीकी एक महिला सेती अस्पतालको आइसोलेशनमा भर्ना

कोरोनाको आशंकामा धनगढीकी एक महिला सेती अस्पतालको आइसोलेशनमा भर्ना

धनगढी : धनगढीकी एक महिलालाई कोरोना भाइरस संक्रमणको आशंकामा आइसोलेशन कक्षमा भर्ना गरिएको छ । सेती प्रादेशिक अस्पतालका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्बर १२ जुगेडा सी गाउँकी ७० वर्षीया महिलालाई अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएकोे छ ।

ती महिला भारतबाट नेपाल आएको बुझिएको छ । उनी जुगेडाको क्वारेन्टाइनमा बस्दै आएकी थिइन ।

ती वृद्धाको कोरोना परीक्षणका लागि थ्रोट स्वाबको नमूना समेत संकलन बुधबार हुने सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।