बैतडीमा आगलागी, ५० हजार बराबरको क्षती

बैतडीमा आगलागी, ५० हजार बराबरको क्षती

बैतडी । बैतडीको पाटन नगरपालिका वडा नं ४ स्थित जोलाबाजमा आगलागी हुँदा ५० हजार बराबरको नोक्सान भएको छ । 

आइतबार बिहान ४ः३० बजे स्थानीय सेर सिँह महराको घरमा आगलागी हुँदा ८ वटा खरका थुप्रा र ४ वटा मकैका थुप्रा जलेर नष्ट हुदा ५० हजार बराबरको नोक्सान  भएको हो । 

इलाका प्रहरी कार्यालय पाटनका अनुसार खर तथा मकैका थुप्रा पुरै जलेर नष्ट भएका छन् भने स्थानीय र पाटन नगरपालिकाको दमकलको सहयाताले घर जल्नबाट जोगाउन सकिएको बताइएको छ ।  आगालागीको कारण खुल्न नसकेको छैन । 

पिडित परिवारले छिमेकी कसैले आगो लगाएको आरोप लगाएको इलाका प्रहरी कार्यालय पाटन बैतडीका इन्चार्ज राजेन्द्र सिँहले जानकारी दिए ।