कञ्‍चनपुरको गड्डाचौकी नाकाबाट नेपालीलाई प्रवेश अनुमति

कञ्‍चनपुरको गड्डाचौकी नाकाबाट नेपालीलाई प्रवेश अनुमति

कञ्‍चनपुर : नोभेल कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउन बढ्दै गएपछि भारतबाट आउने नेपालीहरुलाई गड्डाचौकी नाकाबाट प्रवेश दिइने भएको छ ।

जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले कञ्‍चनपुरका विभिन्‍न सीमा नाकाबाट नेपालीहरु भित्रिँदा कोरोना जोखिम बढेको भन्दै गड्डाचौकी नाकाबाट व्यवस्थित ढंगले स्वास्थ्य परीक्षणका साथै विस्तृत विवरण संकलन गरी स्थायी ठेगाना रहेको स्थानमा क्‍वारेन्टाइनमा राखिने निर्णय भएको कञ्‍चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी दिएका छन् ।

यसअघि भारतबाट आएका नेपालीहरुलाई नेपाल प्रवेश निषेध गरेपछि नेपालीहरु सीमामा अलपत्र भएका थिए ।

त्यसैगरी आजै बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाभर अत्यावश्यक औषधोपचारबाहेक सम्पर्ण व्यापार, व्यवसा, सरकारी बजार फलफूल तथा खाद्यान्न पसलहरु अर्को व्यवस्था नभएसम्मका लागि पूर्णतः बन्द गर्ने निर्णय समेत गरेको छ ।