जहाँ जागिर खानका लागि मालिकसँग ‘डेटिङ’ जानुपर्छ...

जहाँ जागिर खानका लागि मालिकसँग ‘डेटिङ’ जानुपर्छ...

सुन्दा अचम्म लाग्छ । तर केहि त्यस्ता घटनाहरु पनि हुन्छन्, जसलाई हामीले विश्वास गर्न बाध्य हुनुपर्छ । यस्तै एउटा अनौठो घटना अमेरिकामा पनि भएको छ । हामी जागिर खानका लागि धेरै मिहेनत गर्दछौँ ।

त्यसका लागि अध्ययनका साथसाथै उक्त क्षेत्रमा विज्ञ पनि हुन आवश्यक हुन्छ । तर, संसारमा यस्ता पनि ठाउँ छन्, जहाँ जागिरका लागि मालिकसँग ‘डेट’ गरे पुग्छ ।

अमेरिकाको डेटिङ एप ‘हिन्ज’ ले जागिरको आवेदन निकालेको छ, जसको मासिक तलब ८० हजाररुपैयाँ देखि १ लाख डलर ९८६ लाखदेखि १ करोड ७ लाख रुपैयाँ० सम्म दिने बताएको छ । त्यत्ति मात्रै होइन, उक्त कम्पनीले कर्मचारीलाई रेस्टुरेन्टको भत्तासमेत बाँड्ने गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यो कम्पनीमा जागिर पाउन इच्छुकले कम्पनीका मालिकसँग डेटिङ जानुपर्छ । त्यसक्रममा आफूले मालिकलाई कम्पनीको बिजनेस बढाउन आफूले गर्न सक्ने कुराबारे जानकारी गराउनुपर्छ । र, मालिकलाई विश्वास दिलाउन सक्नुपर्छ ।

सञ्चारमाध्यमहरुको रिपोर्टमा कम्पनीले एन्टी रिटेन्सन स्पेसलिस्ट पदका लागि नयाँ जागिर खुलाएको बताइएको छ । यो जागिरको काम भनेको रिलेसनसिपविज्ञले गर्नेजस्तै काम हो । जहाँ यो पदको जागिरेले समास्या समाधान, डेट फिक्स गराउने, डेटका लागि लोकेसन तोक्ने लगायत काम रहेका छन् ।

‘हिन्ज’का सञ्चार निर्देशक जीन मेरी मेग्राथले भनेका बोल्नुको साटो काम गरेर देखाउने कुरामा विश्वास गर्ने र जो डेटमा सफल हुन्छन्, उनीहरूको तलब ८० हजारदेखि १ लाख डलरसम्म हुनेछ बताएका छन् ।

उक्त कम्पनीले यस्तो अफर मानिस एपबाहिर आएर मानिससँग भेट्ने कुरामा जागृत होऊन् भन्नका लागि गरिरहेको छ । यो एपको प्रतिस्पर्धा टिन्डर, बन्बल र फेसबुकसँग रहेको बताइएको छ ।