कोरोना संक्रमित युवकले ‘भेन्टिलेटर’बाट उठे लगत्तै गर्लफ्रेन्डलाई ‘प्रपोज’ गरेपछि...

कोरोना संक्रमित युवकले ‘भेन्टिलेटर’बाट उठे लगत्तै गर्लफ्रेन्डलाई ‘प्रपोज’ गरेपछि...

कोरोना भाइरसको महामारीका कारण सारा विश्वमा आतंक मच्चिएको छ । मानिसहरु पछिल्ला तीन महिना यता घरमै थुनिएर बसेका छन् ।

यसैबीच लण्डनमा एक कोरोना संक्रमितले आफू निको हुनासाथ गर्लफ्रेन्डलाई प्रपोज गरेका छन् । उनको त्यो अनौठो प्रपोजले गर्लफ्रेन्ड सहित सारा विश्व अहिले हैरान भएको छ ।

उक्त बिरामी केहि दिनयता कोरोना संक्रमणका कारण भेन्टिलेटरमा थिए । उनी जब भेन्टिलेटरबाट उठे तब सबैभन्दा पहिला आफ्नी गर्लफ्रेन्डलाई भिडियो कल गरेर प्रपोज गरे ।

युवकले गरेको यो सबै दृश्य हेरेर अस्पतालका मानिसहरु हैरान भए । अस्पतालका स्टाफले उनको हौसला बढाउन ताली पनि बजाए ।

उक्त संक्रमित लण्डनको लाइफ लाइन्स हस्पिटलमा भर्ना भएका थिए । कोरोनाको संक्रमण अत्याधिक भएपछि डाक्टरले उनलाई भेन्टिलेटरमा राखेको थियो ।