"दैनिक ६ पटक हात धुँदा भाइरस संक्रमणको सम्भावना कम"

"दैनिक ६ पटक हात धुँदा भाइरस संक्रमणको सम्भावना कम"

बेलायतमा हात धुने विषयमा गरिएको रिसर्चले चाहिँ मानिसहरुले कम्तिमा पनि ६ पटक हात धुनु पर्ने बताएको छ ।

यो अध्ययनमा सन् २००६ देखि सन् २००९ सम्मको विभिन्न भाइरसहरुबारे अध्ययन गरिएको थियो । यी सबै भाइरस अहिले महामारी बनेको कोरोनाभाइरस बराबर पनि थियो ।

यो अध्ययनमा १६६३ जना सहभागी थिए र यीमध्ये ६ पटक हात धुनेहरुमा भाइरस संक्रमण भएको देखिएको थिएन ।

तर, दैनिक १० पटक हात धुँदैमा भाइरस संक्रमण नहुने भन्ने चाहिँ नहुने रिसर्चमा उल्लेख गरिएको छ ।

पछिल्लो समय विश्व महामारी बनेको कोरोनाभाइरस संक्रमणबाट बच्न पनि वैज्ञानिकहरुले मानिसहरुलाई हात बारम्बार धुनु पर्ने बताइरहेका छन् ।