मन्जित डोजोद्वारा २८ जना खेलाडीलाई राहत वितरण

मन्जित डोजोद्वारा २८ जना खेलाडीलाई राहत वितरण

कञ्चनपुर : कञ्चनपुरको पुनर्वासमा रहेको मन्जित डोजोले लकडाउनका कारण अफ्ट्यारो परिस्थितिमा रहेका र बिपन्न परिवारका खेलाडीहरुलाई राहत वितरण गरेको छ ।

विभिन्न संघसस्थाका साथै राष्ट्रिय गोजोरियो कराते दो संघ नेपाल सुदुर पश्चिम प्रदेशको विशेष सहयोग राहात वितरण गरिएको मन्जित डोजोका अध्यक्ष कृष्ण दत्त पन्तले बताए ।

राष्ट्रिय गोजोरियो कराते दो संघ नेपाल सुदुरपश्चिम प्रदेश, महाबिर सप्लायर्स पार्कमोड, शारदा राईस मिल, नेपाल बैंक लिमिटेड धनगढीमा कर्यरत बिदुर तिमल्सिना, पुनर्वास १० युवा समूह तथा पत्रकार केशब भट्टराईको सहयोगमा २८ जना खेलाडीहरुलाई राहात वितरण गरिएको मन्जित डोजोका प्रशिक्षक नरेन्द्र गुरुङले जानकारी दिए ।

कोरोनाका कारण खेल जगत पुरै ठाप्प परेको बताउदै खेलाडीहरुलाई समेत दैनिक जिबिकोपार्जनमा समस्या भएकाले मन्जित डोजोले गरेको राहत वितरण धेरै नै राम्रो भएको लालझाडी युबा क्लबका अध्यक्ष कासिराम बोहराले बताए ।

डोजोका अध्यक्ष पन्तले लकडाउनका कारण अफ्ट्यारो परिस्थितिमा रहेका र बिपन्न परिवारका खेलाडीलाई राहत वितरणका लागि सहयोग गर्ने सम्पुर्ण दाताहरुलाई धन्यवाद व्यक्त ग।े । साथै उनले आगामी दिनमा समेत सहयोगको अपेक्षा रहेको बताए ।