‘अनर म्याजिक बुक प्रो २०२०’ ल्याप्टप सार्वजनिक, यस्ता छन् सुविधा

‘अनर म्याजिक बुक प्रो २०२०’ ल्याप्टप सार्वजनिक, यस्ता छन् सुविधा

हुवावेको सब ब्राण्ड अनरले चीनमा ‘अनर म्याजिक बुक प्रो २०२०’ ल्याप्टप सार्वजनिक गरेको छ । यसको सुरुवाती मूल्य ५,९९९ यआन रहेको छ । 

१६।१ इन्च फुल एचडी प्लस डिस्प्ले रहेको यो ल्याप्टपमा १० औं पुस्ताको इन्टेलको कोर आई फाईभ र कोर आई सेभेन प्रोसेसर प्रयोग गरिएको छ । 

अनर म्याजिक प्रो २०२० मा १६ जीबी र्‍याम र ५१२ जीबी एसएसडी रहेको छ । यसमा अपरेटिङ सिस्टम विन्डोन १० होम राखिएको छ । 

यसमा १ मेगापिक्सेलको वेबक्याम र डुअल डिजिटल माइक्रोफोन पनि रहेको छ । यसमा ३।५ एमएमको अडियो ज्याक, कम्बो माइक्रोफोन, टाइप सी युएसबी, एचडीएमआई पोर्ट लगायतका सुविधा रहेका छन् ।