प्रदेश ७ मा संसद बैठक बस्दैः बजेट पूर्व छलफल सम्बन्धी प्रस्तावमाथिको छलफल आज सकिने

प्रदेश ७ मा संसद बैठक बस्दैः बजेट पूर्व छलफल सम्बन्धी प्रस्तावमाथिको छलफल आज सकिने

धनगढीः प्रदेश नम्बर ७ को संसदको बैठक आज बस्दैँ छ। अर्थमन्त्री झपट बोहोराले संसदमा पेस गरेको बजेट पूर्व छलफल सम्बन्धी प्रस्ताव माथिको छलफल आज सकिँदै छ। 

अर्थमन्त्री बोहोराले आर्थिक वर्ष २०७५÷७६ को बजेटका सिद्धान्त, उदेश्य, प्राथमिकता र नीतिबारे जानकारी दिन बजेटको पूर्व (प्री) छलफलका लागि जेठ २ गते ससदमा प्रस्ताव पेस गरेका थिए।

शुक्रवार देखि बजेटमाथि सांसदहरूले आफ्ना धारणा राख्न सुरु गरेका थिए। बजेट पूर्व छलफल सम्बन्धी प्रस्तावमाथि शुक्रवारको १२ जना सांसदले धारण राखेका थिए। 

प्रदेशको समृद्धि र विकासमा आधारी बजेट ल्याउन सासंसदहरुले जोड दिएका थिए। आज पनि सोही प्रस्ताव माथि सांसदहरूले अफनो धारणा राख्ने छन्। बजेट पूर्व छलफलका लागि संसदमा पेस गरेको प्रस्ताव माथिको छलफल आज सकिने संसद सचिवालयका सचिव सचिव बालाराम शर्माले जानकारी दिए। 

आज बस्ने संसदको बैठकमा दुई विद्येक दर्ता गर्ने तयारी समेत रहेको समेत रहेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले विद्येक पेस कार्यक्रम रहेको उनले जानकारी दिए।

लिखित प्रमाणी करण र स्थानीय तहका पदादिकारीहरुको सेवा सुविधा सम्बन्धी विद्येक संसदमा पेस गर्ने कार्यक्रम रहेको संसद सचिवालयका सचिव शर्माले जानकारी दिए।