कोरोना भाइरस : नेपालबाहिर ९५ नेपालीको मृत्यु, ६७ सयभन्दा बढी संक्रमित

कोरोना भाइरस : नेपालबाहिर ९५ नेपालीको मृत्यु, ६७ सयभन्दा बढी संक्रमित

कोरोना भाइरसको महामारीले नेपालबाहिर विश्वका विभिन्न १० देशमा ९५ नेपालीको मृत्यु छ । ६ हजार ७ सयभन्दा बढी संक्रमित भएका छन् । गैरआवासीय नेपाली संघ ९एनआरएनए० का अनुसार सबैभन्दा बढी बेलायतमा ६३ जना नेपालीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

१६ मे २०२० सम्मको तथ्यांक सार्वजनिक गरेको एनआरएनएले संयुक्त राज्य अमेरिकामा १५ जना, संयुक्त अरब इमिरेट्स्ट (युएई) मा ९, साउदी अरबमा २, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डमा १, बहराइनमा १ र स्वीडेनमा १ जना नेपालीको मृत्यु भएको छ ।

नेपालबाहेक विश्वभर ६ हजार ७ सय ८१ गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।तीमध्ये मध्यपूर्वमा ५३, अमेरिकामा २३, युरोपमा १९ र एशियामा ५ प्रतिशतमा कोरोना संक्रमणमा देखिएको छ ।

अष्ट्रेलियामा १ प्रतिशतभन्दा कम संक्रमण देखिएको छ भने अफ्रिकी मुलुकहरुमा रहेका नेपालीहरुमा कोरोना संक्रमण नदेखिएको एनआरएनएले जनाएको छ ।