डोटी- जिल्ला अस्पताल डोटीमा शनिबार गरिएको यापिड डाइग्नेस्टिक टेस्ट ९आरडिटी० परीक्षणमा एकजनाको रिपोर्ट पोजेटिभ आएको छ।
शनिबार २४ जनामा आरडिटी परिक्षण गरिएको थियो। जसमध्ये एकजनामा पोजेटिभ देखिएको अस्पतालले जनाएको छ। पोेजेटिभ देखिएका व्यक्ती सिलगढी–मेल्लेक सडक निर्माण काममा मजदुरी गर्ने व्यक्ती हुन्।
उनलाई हाल जिल्ला अस्पतालमा रहेको आइसोलेसन कक्षमा राखिएको छ। उनको र उनीसंगै काम गर्ने थप चारजनागरी पाँचजनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेर धनगढी पठाइएको अस्पतालले जनाएको छ।