बहराइनमा २८१ नेपालीलाई कोरोना भाइरसको संक्रमण

बहराइनमा २८१ नेपालीलाई कोरोना भाइरसको संक्रमण

खाडी मुलुक बहराइनमा १२ महिलासहित २८१ नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।बहराइनस्थित नेपाली दूतावासका अनुसार संक्रमित भएकामध्ये कयौं नेपाली उपचारपछि निको भएका छन् ।

उपचार भइरहेकाहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । बहराइनमा कोरोना भाइरसको संक्रमणबाट यो समाचार तयार पार्दासम्म १० जनाको मृत्यु भएको छ ।

५ हजार ८ सय १६ जना संक्रमित भएकोमा २ हजार २०५ जना उपचारपछि निको भएका छन् । उपचारारत ३ हजार ६०१ जनामध्ये ६ जनाको अवस्था गम्भीर छ ।