एरिस्टो ईङलिस स्कुल र जेसिज एभरेष्ट स्कुल विजयी

एरिस्टो ईङलिस स्कुल र जेसिज एभरेष्ट स्कुल विजयी

धनगढी : धनगढीमा जारी स्कुल स्तरीय टि– २० क्रिकेट प्रतियोगिता अन्तरगत शनिवार भएका खेलमा एरिस्टो ईङलिस स्कुल र जेसिज एभरेष्ट स्कुल विजयी भएका छन । 

शनिवार  भएको पहिलो खेलमा एरिस्टो ईङलिस स्कु्लले ज्योति ईङलिस स्कुललाई ६ विकेटले हराएको छ । टस जितेर व्याटिङ रोजेको ज्योतिले ७ दशमलव ५ ओभरमा सवै विकेट गुमाउदै ३८ रन मात्रै जोडन सक्यो । 
ज्योतिका कुनै पनि व्याटसम्यानले एरिस्टोका व्याट्सम्यान सामु खुलेर खेल्न सकेनन । 

ज्योतिलाई सस्तैमा समेटने क्रममा एरिस्टोका सुजल शाहले ४, मिलन जोशीले ३ तथा सुन्दर कार्कीले २ विकेट लिए । ज्यातिले दिएको ३९ रनको सामान्य लक्ष्य एरिस्टोले ६ दशमलव २ ओभरमा ४ विकेटको क्षतिमा ४२ रन बनाएर पुरा ग¥यो । 

खेलको म्यान अफ दि म्यान एरिस्टोका सुजल शाह भए । 

यस्तै, शनिवार  भएको दोस्रो खेलमा जेसिज एभरेष्ट स्कुल विजयी भएको छ । कैलाली विद्या निकेतनलाई ३ रनको झिनो अन्तरले हराउदै जेसिज स्कुल विजयी भएको हो । 

जस जितेर व्याटिङ गरेको जेसिजले जिवन खडकाको ३३ र गौरव खडकाको २० रनको मद्धतमा पुरै २० ओभर खेल्दै १ सय १३ रन बनाएको थियो । कैलाली विद्या निकेतनका कुमार वोहरा र देव ऐरले ३÷३ तथा भरत बुढाले २ विकेट लिएपनि टिमलाई जिताउन सकेनन । 

१ सय १४ रनको विजयी लक्ष्य सहित मैदान त्रिएको कैलाली विद्या निकेतनले पुरै २० आभेर खेल्दै ७ विकेटको क्षतिमा १ सय १० रनमा समेटिन पुग्यो । उसका लागि भरत बुढाले ३३, गजेन्द्र देउवाले २४, दिपेन्द्र रोकायाले १२ र कुमार बोहराले १३ रन बनाएका थिए । 

जेसिजका रविन मल्लले ३ तथा दिपेन्दै भुलले २ विकेट लिए । खेलको म्यान अफ  दि म्याच जेसिजका रविन मल्ल भए ।

तियोगिता अन्तर्गत आईतवार पहिलो खेल विहान साढे ७ बजे कैलाली विद्या निकेतन र हिव वल्र्ड तथा दोस्रो खेल दिउसो १ बजे थ्रि स्टार र शारदा विद्या निकेतन विच हुने सयोजक लोकेश जोशीले जानकारी दिनुभएको छ ।