सुदूरपश्चिम–११ स्पोर्टस क्लवकाे कार्यालय उद्घाटन

सुदूरपश्चिम–११ स्पोर्टस क्लवकाे  कार्यालय उद्घाटन

धनगढी  : देशकै सर्वाधिक धनराशिको गोल्डकप आयोजना गर्दै आएको सुदूरपश्चिम–११ स्पोर्टस क्लवले आफनो कार्यालय उद्घाटन गरेको छ ।

तिहार तथा छठ पर्वको अवसरमा आयोजना गरिएको कर्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकाश मन्त्री दिर्घ सोडारी र धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले सुदूरपश्चिम–११ स्पोर्टस क्लवको कार्यालय उद्घाटन गर्नुभएको हो ।

उक्त कार्यालय धनगढी उपमहानगरपालिका, २ मा रहेको छ । कार्यालय उद्घाटन गर्दै सामाजिक विकाश मन्त्री दीर्घ बहादुर सोडारीले सुदूरपश्चिम–११ स्पोर्टस क्लवले प्रदेशमा खेलकुदको क्षेत्रमा गरेको योगदानका प्रशसा गर्नुभयो ।

उहाँले प्रदेश सरकारको प्रमुख प्राथमिकतामा खेलकुद परेकोले खेलकुदको विकाशका लागि आफु लागिपरेको बताउनुभयो ।

कार्यक्रममा धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले उपमहानगरपालिकाले खेलकुदमा सधै सहयोग गर्दै आएको र उक्त सहयोग जारी रहेने प्रतिवद्धता जनाउनुभयो ।

यस्तै, देशकै सर्वाधिक धनराशिको गोल्डकप आयोजना गर्दै आएको सुदूरपश्चिम–११ स्पोर्टस क्लवले तेस्रो सस्करणको खप्तड गोल्ड कपको तयारी समेत सुरु भएको जानकारी दिएको छ ।

गत वर्षमा पुषमा गरिदै आएको प्रतियोगिताको मिति एन्फाले तोक्ने भएपनि तयारी थालिएको अध्यक्ष सुरेश  हमालले जानकारी दिनुभयो ।

तेस्रो सस्करणको खप्तड गोल्ड कपको विजेताले २१ लाख तथा उपविजेतालाई १० लाख ५० हजार पुरुस्कार पाउनेछन ।

दोस्रो सस्करणको विजेता बनेको आर्मीले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको थियो भने उपविजेता बनेको एपीएफले ५ लाख ५५ हजार ५ सय ५५ सय रुपैयाँमा चित्त बुझाएको थियो ।