दशै मनाउन नपाएकाहरु तिहार मनाउन घर फर्किदै

दशै मनाउन नपाएकाहरु तिहार मनाउन घर फर्किदै

धनगढी : दसैँको रौनक सकिएसगैं हिन्दुहरुको द्रोसो महान चार्ड दिपावली नजिकै सबैको घरआगनमा छाउदै छ। यति बेला गाउदेखी सहर वजारमा चहलपहल बढिरहेको छ ।

दिपावली आउन अब केही दिन मात्रै बाकी रहदा यतिबेला रोजगारीको सिलसिलामा जन्मभुमिलाई छोडेर अन्य देशमा गएका नेपालीहरु दिपावली मनाउनका लागी जन्मथलो तिर फर्किनेक्रम बढेको छ ।

कैलालीको त्रिनगर भन्सार नाका र कञ्चनपुरको गड्डाचौकी नाकामा भारतबाट फर्केकाहरुको घुईचो लाग्न थालेको छ ।

कैलालीको त्रिनगर भन्सार नाकामा भेटिनुभएका बैतडीका रमेश बोहराले भने दशैमा छुट्टी नपाएर दशै मनाउन नपाएका कारण केही दिनका लागी छुट्टी मागेर तिहार मनाउन आएको बताउनुभयो ।

कैलालीको त्रिनगर नाकामा भारतबाट आउने क्रममा भेटिएकाहरु यतिबेला खुसी देखिएका छन ।

सुदूरपश्चिम प्रदेशका अधिकांश रोजगारको सिलसिलामा भारतका विभिन्न शहरमा जाने गर्छन् । यस्तै केही पढाईका लागी त केही कामको सिलसिलामा भारतमा बस्ने गरेका छन् ।

दसैँमा छुट्टी पाउदा एकदमै खुसी भएको कैलालीको लम्कीका भिम बहादुर रावत बताउनुभयो ।दशैमा केही दिनको बिदा मागेर आएका नेपालीहरु तिहारको मुखमै पनि भारत जानुपर्ने बाध्यता रहेको छ ।

चार्डपर्वका बेला छुट्टी नपाएरै परिवार सगं खुसीयाली साट्न पाउदैनन् । तर तिहारको बेला घर फर्किन पाउदा एकदमै खुसी भएको उनिहरुले बताएका छन ।

उनीहरुको मुहारमा देखिएको खुसीले प्रष्टै पाथ्र्यो, तिहारमा घर आउन पाउदाको खुसी । तिहारमा दिदी बहिनीको हातबाट गलामा माला र निधारमा टिका थाप्दा त्यो खुसी अझै दोव्वरे हुने उनीहरुको अपेक्षा छ ।