राष्ट्रिय गोजोरियो कराते दो संघद्वारा बिपन्न परिवारका खेलाडीहरुलाई राहत हस्तान्तरण

राष्ट्रिय गोजोरियो कराते दो संघद्वारा बिपन्न परिवारका खेलाडीहरुलाई राहत हस्तान्तरण

धनगढी : राष्ट्रिय गोजोरियो कराते दो संघद्वारा बिपन्न परिवारका खेलाडीहरुलाई राहत हस्तान्तरण राष्ट्रिय गोजोरियो कराते दो संघ नेपाल सुदुरपश्चिम प्रदेशले बिपन्न परिवारका खेलाडीहरुका लागी राहत हस्तान्तरण गरेको छ ।

कञ्चनपुरको पुनर्वासमा अवस्थित मन्जित डोजो र धनगढीका बिपन्न परिवारका खेलाडीका लागी संघले एक कार्यक्रमका बिच राहत वितरण हस्तान्तरण गरेको हो । लकडाउनका कारण अफ्ट्यारो परिस्थितिमा रहेका र बिपन्न परिवारका खेलाडीहरुलाई केन्द्रिय संघको समन्वयमा राहत हस्तान्तरण गरिएको राष्ट्रिय गोजोरियो कराते दो संघ नेपालका केन्द्रिय महासचिव प्रकाश चन्दले बताए ।

उनले लगभग ४० हजार भन्दा बढीको खाद्यान्न हसतान्तरण गरिएको बताए । उक्त राहत सामाग्री केन्द्रिय महासचिव चन्द, प्रदेश कमिटी अध्यक्ष अरुण कुवर, उपाध्यक्ष  महेन्द्र सिंह ठकुरि, सचिब राजेन्द्र बम सदस्य र पत्रकार तथा प्रदेश सदस्य बिराज रोस्यारा लगायतको सहभागितामा नेपाल कराते महासंघका राष्ट्रिय निर्णायक तथा मन्जित डोजोका प्रशिक्षक नरेन्द्र गुरुङ र डोजोका सल्लाहकार तथा पत्रकार केशव भट्टराईलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको हो ।

उक्त राहत सामाग्री खरिदका लागि केन्द्रीय संघका महासचिव चन्द, केन्द्रिय सदस्य तथा प्रदेश प्रमुख लाल बहादुर राना, प्रदेश कमिटीका अध्यक्ष कुवर, उपाध्यक्ष तथा कैलाली उद्योग बाणिज्य संघका सदस्य  महेन्द्र सिंह ठकुरि, पत्रकार तथा महासचिव हरि जोशी, सचिबद्धय प्रहरी नायब निरीक्षक राजेन्द्र बम र बिपिन कटवालका साथै  डिर्म एजुकेसन कन्सल्टेन्सिका प्रबन्ध निर्देशक तथा संघका सदस्य हेमन्त रेग्मी लगायतको सहयोगमा राहत हस्तान्तरण गरिएको छ ।

साथै समस्यामा परेका अन्य कुनै खेलाडी भए संघमा सम्पर्क गर्न आग्रह गरिएको छ ।