विकासमा राजनीति नगरौं : प्रचण्ड

विकासमा राजनीति नगरौं : प्रचण्ड

 

बुटवल : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलको काम समयमै सकिनुपर्ने बताएका छन् ।

उहाँले अन्तर्रा्ष्ट्रिय विमानस्थलको काम गुणस्तरीय हुनुपर्नेमा पनि जोड दिनुभयो ।बुटवलमा नेकपाले आयोजनामा गर्न लागेको चियापान कार्यक्रममा सहभागि हुन आएका उहाँले भैरहवा बिमानस्थलमा ‘निर्माण समयमै सक्न निर्देशन समेत दिनुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले बिकास निर्माणमा राजनीति नगर्न समेत अनुरोध गर्नुभयो ।

गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलको अहिलेसम्म ५५ प्रतिशत काम सकिएको छ ।

आगामी सन् २०१९ को अगष्टबाट विमानस्थलको सबै निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आउने विमानस्थलका निमित्त आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिनुभयो ।साभार : अनलाईन खबर