पोखरा : पोखरामा जारी पोखरा प्रिमियर लिग टी ट्वीन्टी क्रिकेट प्रतियोगिताकोको शनिबारको पहिलो खेलमा पोखरा पल्टन विजयी भएको छ ।
शरद भेषवाकरको कप्तानीमा रहेको पोखरा पल्टनले, ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं रोयल्सलाई ४ विकेटले पराजित गरेको हो ।
पोखराले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको काठमाडौंले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १०३ रनको बनाएको थियो । १०४ रनको लक्ष्य पोखराले १५.५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो ।
सुरुवातबाटै खराब ब्याटिङ गरेको काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले बनाएको ३१ रन नै उच्च स्कोर रह्यो । अमित श्रेष्ठले २१, वसन्त रेग्मीले १९ रन बनाउँदा पवन सर्राफले १२ रन बनाए ।
अन्यले खासै योगदान गर्न सकेनन् । काठमाडौंलाई सस्तैमा समेट्ने क्रममा ललितनारायण राजवंशीले ३ विकेट लिए । रासिद खान र यूएईका खेलाडी मोहमद नाबिदले २–२ विकेट लिएका हुन ।
सहज लक्ष्य पछ्याएको पोखराका ब्याट्सम्यानले पनि मध्यम ब्याटिङ गर्नुभयो । पोखराका लागि यूएईका खेलाडी मोहमद नाबिदले सर्वा्धिक ३६ रन बनाएका हुन ।
त्यसपछि भारतीय खेलाडी रवि इन्दर सिंहले २२, आसिफ शेखले १६, कुशल भुर्तेलले १४ रन बनाउँदा रोहितकुमार पौडेल १५ रन बनाएर नटआउट रहनुभयो ।
काठमाडौंका लागि अमरसिंह रौटेलाले सबैभन्दा बढी तीन विकेट लिएका हुन । जितपछि पोखरा ६ जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
शुक्रबार बुटवलमाथि जित निकाली शीर्ष स्थानमा उक्लिएको काठमाडौं दोस्रो स्थानमा छ ।