बलात्कार गरी गर्भवती बनाएको आरोपमा एक पुरुष पक्राउ

बलात्कार गरी गर्भवती बनाएको आरोपमा एक पुरुष पक्राउ

झापा :  गौरीगञ्ज गाउँपालिका–६ झापाका ५० वर्षीय चैतु ताजपुरिया एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।

१७ वर्षीया आफ्नै नाताकी युवतीलाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा उनी शुक्रबार पक्राउ परेको प्रहरीले जनाएको छ । 

पीडित युवतीका बुवाले प्रहरीलाई दिएको उजुरीका आधारमा ताजपुरियालाई पक्राउ गरिएको गौरीगञ्ज इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिनुभयो ।