"धोकामा रहेछौँ हामी"

"धोकामा रहेछौँ हामी"

हामी ठुलो धोकामा रहेछौ साथी । हामी यो पृथ्वी बचाउछौ, पृथ्वीलाई  प्रदुषण मुक्त बनाउछौ, स्वच्छ राख्छौ सम्बृद्धि ल्याउछौ भनेर ठुलो धोकामा रहेछौ अब हामीलाइ थाहा भयो की मानिसले बाधा नगर्ने हो भने यो पृथ्वीले आफुलाई बहुत सजग सहज र शान्त तरिकाले चलाउन सक्छ ।

सुन्दर निश्चल र पवित्र राख्न सक्छ प्रकृति आफैमा एउटा पृथ्वीको सुन्दर उपहार हो । यसलाइ अरु जीवद्वारा बिगारिएको हो । हामी यो धोकामा थियौ की जङ्ग फुडहरु विना खाना खान सक्दैनौ । तर विचार गर त परापूर्व कालमा यस्ता ठुला शहर थिएन शहरको रमझम थिएन स्टार होटलहरु थिएनन् तरपनि दुनिया चलेकै थियो नि हैन  र ?

"कहाँ थियो र पप ¥यापको नाङ्गो नाच विषादी र रङ्गहरुको खाना ? हामी धोकामा थियौ की घरमा बसेर सबै काम गर्न सकिदैन जसरी आज भइरहेका छन बाच्नु र बचाउनु नै ठुलो काम होइन र ? जुन घरमा बसेर मात्र सम्भव छ ।"

हामी धोकामा थियौ की अहिले हामीले बहुत रुचाइएका मन पराइएका आइडल नै भन्दै आएका स्टार तथा सुपर स्टारहरु अर्थात हिरो हिरोइनहरु क्रिकेट स्टार, फुटबल स्टार र फिल्म स्टार वास्तविक हिरो हुन यिनीहरु सबथोक गर्न सक्छौ सोच्थ्यौ होइन रहेछ यि मनोरञ्जनका पात्र मात्र  रहेछन पर्दाभित्र ।

हामी धोकामा थियौ मिडिया समजदार छ इमानदार र बफादार छ जनताको आवाज दिन्छ सुचना रमाचार दिन्छ भनेर । तर थाहा भयो की यि सब त कतिपय भ्रमको खेती कतिपय  रमाइलोको लागी मात्र  रहेछन । यसले त दिमागमा हलचल मात्र  गर्ने रहेछ अरु केही नगर्ने रहेछ ।

हामी धोकामा थियौ ठुलादेशका मान्छेहरु बहुत महान हुन्छन शिक्षित समझदार हुन्छन यिनले सबथोक गर्न सक्छन, तर होइन रहेछ स्वार्थ बाहेक केहि पुरा नगर्दा रहेछन । हामी धोकामा थियौ की धामी झाँक्री, वैद्य, ज्योतिष र डाक्टरले मानिसको ज्यान बचाउ छन, होइन रहेछ प्रयास मात्र गर्दा रहेछन ।

"हामी धोकामा थियौ की सुन, चादी, हिरामोती मूल्यवान छन तर हामी मानिस बिना यसको कुनै मुल्य रहेन छ धुलोमाटो बराबर । हामी चिडियाखाना भित्रका जनावर हेर्न जान्थ्यौ खुब रमाउँथ्यौ तर अहिले थाहा पायौ की हामी एक दुइ दिन घरको पिजडामा बन्द छौ तरपनि तड्पिएका छौ, उनिहरुलाई जीवनभर कस्तो लाग्दो हो कहिले पनि सोचे नौ ।"

हामी धोकामा थियौ की यी सुन्दर आकर्षक लगाउन मिल्ने लुगाहरु नभए हाम्रो सुन्दरता र अस्तित्वको इज्जत रहदैन भनेर । कुनैबेला यि सब थिएनन् जीवन चलेकै थियो जङ्गलका पातहरुले पनि । हामी सुहागरात ओडारमै मनाउथ्यौ  विकसित देशमा जादैन थियौ र पनि चलेकै थियो ।

"फरक बहुत परेको छ हाम्रो  जिन्दगीमा तर खास जिन्दगीमा छैन । एक नक्कली र बनावटी जिन्दगीमा असर गरेको छ । जसले हामीलाइ बिलासी बनाएको थियौ बौलाएको थियो । हाम्रो अनावश्यक खर्चहरु बचेको छ । हामी घरमै बसेर आफ्नाहरुसंग समय  बिताइरहेका छौ ।"

आगनमा बच्चाहरु खेलिएका छन । घरको पेटीमा बा–आमा बसिरहेका छन भित्र बाहिर गर्दै जीवनसाथी नानाथरी बोलिरहेकी छिन । म मुस्कुराइउदै उनको मुहार हेरीरहेको छु । उनको मुहार भन्दा मन खुसी छ म संगै हुन पाउदा बा–आमाले सन्तानको मुख हेरेर बाच्न पाएका छन ।

आगनमा फुलहरु फूलहरू फुलिरहेका छन । मगमगाइ रहेका छन । पर खेतमा अझै अन्न उत्पादन भइरहे कै छन तल नदि आफ्नै बेगमा बगीरहेको छ र पहिले भन्दा अझै सुन्दर सफा भएर खुसीले बगीरहेको छ । करेसामा लौका, काक्रा, फर्सि, करेला अझै फलेका छन ।

गोठमा बाख्राहरु छन गाइले दुध दिन छोडेको छैन कुखुराले अण्डा दिन छोडेको छैन । हामी अर्गानिक खाना खाइरहेका छौ । पाखुरी चलाउने हो भने माटो सुन फल्ने प्रतीक्षामा छ । यो समयले सुनौलो अवसर दिएको छ । सारा विलासीएर भागेकाहरुलाइ घर फर्काइ दिएको छ ।

आखिर घरभन्दा सुन्दर घरभन्दा आफ्नो कोही छैन भनेर सिकाइ दिएको छ  । अब सोच्ने समय आएको छ । हाम्रा सचेत लाखौ युवाहरुले सोच्न थाल्नेकी  ?"