नेपाली कांग्रेसको चियापान कार्यक्रम आज, एक लाख जनालाई निमन्त्रणा

नेपाली कांग्रेसको चियापान कार्यक्रम आज, एक लाख जनालाई निमन्त्रणा

काठमाडौ‌ं – नेपाली कांग्रेसले तिहार, नेपाल संवत, छठ पर्व लगायतका अवसरमा शुक्रबार चियापान कार्यक्रम गर्दैछ । चियापान कार्यक्रममा विभिन्न क्षेत्रका झण्डै एक लाख जनालाई निमन्त्रणा गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

कांग्रेसले शुक्रबार काठमाडौं उपत्यकाको केन्द्रीय कार्यालयमा र बाँकी ७४ जिल्लामा चियापान कार्यक्रम आयोजना गरेको जनाएको छ ।

२०३३ सालमा जननायक विपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि हरेक वर्ष कांग्रेसले जलपान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ ।

कांग्रेसले यस वर्ष पनि निरन्तरता दिँदै शुक्रबार दिउँसो १ बजेदेखि बेलुकी ५ बजेसम्म केन्द्रीय कार्यालय ललितपुरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको  कांग्रेसले जनाएको छ ।