पहिलो पटक धनगढीका तिन युवाले गरे धनगढी–खप्तड साइकल यात्रा

पहिलो पटक धनगढीका तिन युवाले गरे धनगढी–खप्तड साइकल यात्रा

धनगढी: कैलालीका तीन जना युवाले धनगढीदेखि खप्तडसम्म पहिलो पटक  साइकल  यात्रा सुरु गरेका छन् । 

धनगढी उपमहानगरपालिका २ का विवेक शर्मा र खगेन्द्र सिंह धामी तथा गोदावरी नगरपालिका ८ मजगाउँका भरतविक्रम शाहीले शनिवारदेखि साइकल यात्रा सुरु गरेका हुन । 

धर्तीको स्वर्ग भनिने खप्तडसम्म धनगढीदेखि साइकल यात्रा सुरु गरेका उनीहरूलाई धनगढीमा बिदाइ गरिएको थियो । 

धनगढीको ट्राफिक चौराहावाट सुरु भएको यात्रा शनिवार रात्रि वुडरमा वास बस्नेछ । टोली आइतबार स्याउले, सिलगढी हुँदै ९ गते खप्तड पुग्ने छ । 

नेपालको स्वर्ग भनेर चिनिले खप्तडको प्रचारप्रसारका लागि साइकल यात्रा गर्न लागेको साइकल यात्रीहरूले बताएका छन् । 

लायन्स क्लब अफ कैलाली फारवेष्टको सहकार्यमा हुन गइरहेको धनगढी–खप्तड साइकल यात्रीहरूलाई धनगढी जेसिज, एडभेन्चर वेष्ट होलिडेज, कैलाली जिल्ला खेलकुद विकास समिति लगायतको सहयोग गरेका छन् ।