प्रधानमन्त्रीको स्वास्थ्यबारेमा भ्रामक समाचार सम्प्रेषण गर्ने पक्राउ

प्रधानमन्त्रीको स्वास्थ्यबारेमा भ्रामक समाचार सम्प्रेषण गर्ने पक्राउ

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यसम्बन्धी झुठो तथा भ्रमपूर्ण समाचार सम्प्रेषण गरी भ्रम सिर्जना गर्ने कार्यमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका–८ बस्दै आएका स्याङ्जा हरिनाथ गाउँपालिका–६ का ४६ वर्षीय हरिप्रसाद मानन्धरलाई प्रहरीले पकाउ गरी आज सार्वजनिक गरेको हो । 

पाथीभरा अनलाइन डटकममा प्रधानमन्त्रीविरुद्ध भ्रमपूर्ण समाचार सम्प्रेषण गरेपछि उक्त अनलाइनका सम्पादक मानन्धरलाई पक्राउ गरी विद्युतीय अपराध तथा कसूरअन्तर्गत कारवाही शुरु गरिएको महानगरीय प्रहरी अपराध महाशाखा टेकुले जनाएको छ । 

यस्ता भ्रमपूर्ण, झुटो समाचार सम्प्रेषण नगर्न नगराउन सो महाशाखाले सबैमा अनुरोधसमेत गरेको छ ।