मानव बेचबिखनको आरोपमा डडेल्धुरामा २ जना पक्राउ

मानव बेचबिखनको आरोपमा डडेल्धुरामा २ जना पक्राउ

डडेल्धुरा : मानव बेचबिखनको आरोपमा डडेल्धुरामा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

डोटी सायल गाउँपालिक  ५ का ३८ वर्षीय शेरबहादुर साउँद र सोही ठाउँका ४० वर्षीय तेजबहादुर साउँदलाई प्रहरीले पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीका अनुसार उनीहरुलाई डडेल्धुरास्थित एक होटलबाट पक्राउ गरिएको हो । एकजना भने फरार भएको प्रहरीले जानकारी दिएको छ

सोमबार बझाङ थलाराका एक पुरुषले बझाङकै एक महिलालाई उपचार गराउन भनी बझाङबाट ललाइफकाइ डडेल्धुरा ल्याएर तस्करीका लागि होटलमा राखेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक केसीले जानकारी दिनुभयो । 

गाउँबाट महिलालाई डडेल्धुरा ल्याउने व्यक्तिले डोटी सायल गाउँपालिका–५ का ३८ वर्षे शेरबहादुर साउँद र सोही ठाउँका ४० वर्षे तेजबहादुर साउँदको जिम्मा लगाएर फरार भएका थिए । शेरबहादुर र तेजबहादुरलाई भने भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दा दर्ता गरी उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।