पाथीभरा माताले तपाईको मनोकामना पूरा गरुन् ! हेर्नुहोस् वैशाख २० गते देखिको साप्ताहिक राशिफल

पाथीभरा माताले तपाईको मनोकामना पूरा गरुन् ! हेर्नुहोस् वैशाख २० गते देखिको साप्ताहिक राशिफल

आज २०७७ साल वैशाख २० गते शनिवार, तदअनुसार मे २, २०२० - आजको महावाणी, दूध, दही, मोही, घ्यु या मक्खन, सबै एकै कुलको हुदापनि सबैको मूल्य फरक पर्छ। जो पनि, जे पनि आफ्नो गुण या विशेषताहरुको कारण मूल्यवान हुने हो। -अज्ञात

तपाईंको यो सप्ताह,

मेष - बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ साताको अन्त्यमा बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग सेतो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गर्नाले अधिक लाभ मिल्नेछ ।

वृष - यो साता मनमा चञ्चलता ब्याप्त हुनेछ । हल्लाको भर पर्दा दुख पाइनेछ र गरेका काममा ढिलासुस्ती हाला । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । मध्य सातामा शुभकार्यको चर्चा चल्नेछ । आर्थिक क्षेत्र मजबुत हुने देखिन्छ । यो साताका लागि शुभअङ्क २,८ र शुभरङ्ग सुन्तलारङ्ग वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीको दर्शनगरी आरम्भ कार्य गर्दा अधिक सफलता मिल्नेछ ।

मिथुन - यो साताबाट नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । कला र गलाको प्रभाव बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचिपनि बढ्नेछ । मध्य सातामा भने अरुको भरपर्दा धोकामा परिने हानी हुने र विश्वास गुम्नेछ । यो साताका लागि शुभअङ्क ४,६ र शुभरङ्ग गुलाबी वा घिउरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शन गर्नाले अधिक सफलता मिल्नेछ ।

कर्कट - यो साता रोकिएका काम पुनः सुरु हुन सक्छन् । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । सातको मध्यमाभने लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको दर्शनगरी यात्रा गर्नाले अधिक लाभ मिल्नेछ ।

सिंह - साताको सुरुका दिनमा मालसामान हराउन सक्छ । क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला । मध्य साताबाट मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । यो साताका लागि शुभअङ्क ३,५ र शुभरङ्ग हरियो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व शिव भगवानको स्मरण गर्दा अधिक लाभ मिल्नेछ ।

कन्या - यो साता आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । प्रविधि मार्फत साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ । मध्य सातामा अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग आकाशेरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आफ्नो नवग्रहको ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

तुला - यो साता समाजसेवा र राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । पारिवारिक सद्भावपनि बढ्नेछ । नयाँ व्यक्ति संग भेटघाट हुने समय छ । धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्नेछ । व्यावसायिक कार्य भने सामान्य नै रहनेछ । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग सुन्तलारङ्ग हो । कुनै शुभकर्म गर्नु अघि महादेवको आफ्नो कूल देवाताको स्मरणगरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

वृश्चिक - यो हप्ता भाग्यले विभिन्न अवसर जुराउनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ मिल्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । कृषि क्षेत्रबाट लाभ मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । यो साताका लागि शुभअङ्क १,८ र शुभरङ्ग पहेंलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

धनु - यो साता रोकिएका महत्त्वपूर्ण कामको पुन: थालनी हुनसक्छ । पारिवारिक जमघटको वातावरण बन्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम भने विस्तारै अगाडि बढ्न सक्छ । जग्गाजमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । यो साताका लागि शुभअङ्क ५,८ र शुभ रङ्ग खैरो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्मीजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मकर - यो हप्ता सहकर्मीबाट विरोध आउन सक्छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । गरेको काममा ढिलासुस्ती हुनेछ । स्वास्थ्य प्रतिकूल र चोटपटकको भयछ सचेत रहनुहोला । मध्य साताबाट धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । आकस्मिक धन लाभ हुनेछ । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग निलो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महादेवको ध्यान गरी यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कुम्भ - यो साता लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । पारिवारिक साथ सहयोग मिल्ने देखिन्छ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । साताको अन्त्यमा बोलीको विपरीत अर्थ लाग्नसक्छ अतः संयम रहनु होला । आर्थिक मन्दिपनि आउन सक्छ । यो साताका लागि शुभअङ्क ३,६ र शुभरङ्ग खैरो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व बिष्णु भगवानको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मीन - यो साता जुक्तिको प्रयोग गर्न सके एकपछि अर्को अवसर आउने र मनपनि प्रसन्न रहनेछ । पारिवारिक जमघट भाईनेछ । सामाजिक कार्यमा मन जानेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग पहेंलो व गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा घरबाट निस्कानु अघि बगलामुखीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।