पीपीएल : धनगढी माथि चितवनको एक सय २६ रनको शानदार जित

पीपीएल : धनगढी माथि चितवनको एक सय २६ रनको शानदार जित

पोखरा प्रिमियर लिग अन्तर्गत आजको पहिलो खेलमा चितवनले धनगढीलार्इ एक सय २६ रनको फराकिलो अन्तरले हराएको छ ।

चितवनले दिएको एक सय ९४ रनको लक्ष्य पछ्याउने क्रममा धनगढी निर्धारित २० ओभर नखेलि  १६.२ ओभरमा ६७ रनमा समेटिएको हो ।

धनगढीका कुनै पनि ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन् । ओपनर दिलिप नाथ र अनिल शाह खाता नखोलि आउट भए । पिटर टेग्रोले २७ रन कप्तान दीपेन्द् सिंह ऐरीले १ रन , सन्दीप जोरा ८ रनको योगदान गरेका थिए ।

चितवनका लागि सन्नि पटेलले सर्वाधिक ४ विकेट लिए । करण केसी र शक्ति गोचनले १र १ विकेट लिए । भुवन कार्की र स्मित पटेले २र२ विकेट लिएका हुन ।

यसअघि टस हार्दै ब्याटिङको निम्तो पाएको चितवनका लागि ओपनर हरिशंकर शाहले ३३ बलमा ५३ रन र अनिल शाहले ३४ बलमा ३७ रनको योगदान गरे ।

कप्तान पारस खड्काले १९ रन, सन्नि पटेलले २६ रन र करण केसीले ११ रनको योगदान गरे। धनगढीका लागि दिपेन्द सिंह एेरि , ड्यान लरेन्स, योगेश कार्की र मनजित श्रेष्ठले समान १र१ विकेटको लिए।

आज हुने दोस्रो खेलमा अंक तालिकाको पहिलो स्थानमा रहेको  बुटवल ब्लास्टर्स र प्रतियोगितामा कुनै खेल नजितेको  विराटनगर टाइटन्स आमनेसामन हुनेछन् । खेल दिउँसो १ बजे हुनेछ । साभार : नयाँ पत्रिका