सुदूरपश्चिम प्रदेशमा तेस्रो पटक मन्त्री मण्डल विस्तारको तयारी

सुदूरपश्चिम प्रदेशमा तेस्रो पटक मन्त्री मण्डल विस्तारको तयारी

धनगढी : सुदूरपश्चिम प्रदेशमा तेस्रो पटक मन्त्री मण्डल विस्तारको तयारी गरिएको छ । 

यसअघि एक राज्यमन्त्री थपेर दोस्रो पटक मन्त्री मण्डल विस्तार गरिएकोमा पुनः दुइ राज्यमन्त्री थपेर तेस्रो पटक मन्त्री मण्डल विस्तार गर्ने तयारी गरिएको हो । 

यद्पी, अहिलेसम्म त्यस विषयमा नेकपाका कुनै पनि नेताले मुख भने खोलेका छैनन । त्यस विषयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको उच्च तहमा छलफल भईरहेको स्रोतले जनाएको छ । 

हाल मन्त्री कसलाई बनाउने भन्ने विषयमा शिर्ष तहमा छलफल भईरहेको र त्यसलाई गोप्य राखिएको छ । 

नेकपा उच्च स्रोतका अनुसार सम्भवत तिहार अगाढी नै मन्त्री मण्डल विस्तार गरिने छ । मन्त्री र मन्त्रालयको विषयमा केही विवाद देखिएका विवाद समाधान गरेर तिहार लगत्तै मन्त्री मण्डल विस्तार गरिने दावी गरिएको छ । 

भूमी व्यवस्था, कृषि तथा सहकारी र भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत एक÷एक वटा राज्यमन्त्री थप्ने तयारी भईरहेको छ । 

७ सदस्यीय सुदुरपश्चिम प्रदेशको मन्त्री मण्डलमा गत असोज २३ गते कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ (१) बाट निर्वा्चित सांसद प्रकाश रावललाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त गर्दै मन्त्रीमण्डलको आकार ८ पु¥याईएको थियो । 

अव दुई राज्यमन्त्री थपिएमा मन्त्री मण्डल १० सदस्यीय हुने छ । प्रदेशमा प्रदेश सभा सदस्यहरुको जम्मा संख्याको २० प्रतिशतसम्म मन्त्री मण्डल विस्तार गर्न सकिने संवैधानिक प्रावधान रहेको छ ।

सो व्यवस्था अनुसार ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्री मण्डलको आकार ११ सदस्यीय बनाउन सकिने नेकपाका प्रमुख सचेतक तारालामा तामाङले बताउनुभयो । 

उहाँले संवैधानिक प्रावधान अनुसार मन्त्री मण्डल विस्तार गर्न सकिने बताउनुभयो । 

उहाँले केही समयपछि मन्त्री मण्डल विस्तार गरएपनि तत्काल भने मन्त्री मण्डल विस्तारको सम्भावना नरहेको बताउनुभयो । 

दुई राज्यमन्त्री थप्ने तयारीसगै राज्यमन्त्रीका लागि आकाङक्षीहरुले दौडधुप समेत सुरु गरिसकेका छन ।