सशस्त्र प्रहरीद्धारा ३६ हजार मूल्य बराबरको समान बरामद

सशस्त्र प्रहरीद्धारा ३६ हजार मूल्य बराबरको समान बरामद

धनगढी : सशस्त्र प्रहरीले अवैध रुपमा भित्र्याउदै गरेका कपडा र किरानाका समान बरामद गरेको छ।

भन्सार गस्ती सुरक्षा कैलाली नम्बर ५३ गुल्मबाट सशस्त्र प्रहरी नायब उपरिक्षक देव बहादुर चन्दको कमान्डमा खटिएको ७ जनाको गाडी मोबाईल टोलीले सोमवार बिहान ११ बजे तिर ३६ हजार मूल्य बराबरका कपडा र किरानाका समान बरामद गरेको हो ।

धनगढी उप–महानगरपालिका वडा नम्बर २ बडारा ईलाकामा भारतबाट अबैध रुपमा भन्सार छलि नेपाल ल्याउदै गरेको कपडा र किराना समान बरामद गरेको सशस्त्र प्रहरी नायब उपरिक्षक देव बहादुर चन्दले जनकारी दिनुभयो ।

उहाँका अनुसार अचार, रिद्धि सिद्धि पापड मिठाई,  नरिबल मिश्रि, सोब पापड मिठाई,लड्डु बनाउने कच्चा प्रदार्थ, कागज, तार, लेडिज टप, कुर्ता सुरुवाल, अन्डरवयर लगायतका ३६ हजार मुल्य  बराबरको सामान बरामद गरिएको बताउनुभयो ।  

बरामद गरिएका  कपडा र किरानाका समान सशस्त्र प्रहरीले आवश्यक कारबाहीका लागीे त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाएको चन्दले जानकारी दिनुभयो ।