अमेरिकन आइडलः शीर्ष १० का लागि नेपाली गायक दिवेशले गरे भोटको अपिल

अमेरिकन आइडलः शीर्ष १० का लागि नेपाली गायक दिवेशले गरे भोटको अपिल

अमेरिकन आइडलको शीर्ष १० को छनोटका लागि नेपाली युवा गायक दिवेश पोख्रेल(अर्थर गन)ले भोटको अपिल गरेका छन् । आइतबारको प्रस्तुतिसँगै विश्वप्रख्यात गायन रियालिटी सोमा भोटिङ सुरु भएको छ ।

एलिमिनेसन राउन्डबाट अघि बढ्न आफूलाई भोटको आवश्यकता रहेको दिवेशले सामाजिक सञ्जाल इन्स्टाग्राममा भनेका छन् । भोटले नै २० जना प्रतिस्पर्धीमा शीर्ष १० मा पुर्‍याउने छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्-  ‘अहिलेसम्म मेरो यो सांगेतिक यात्रामा साथ दिनु भएको लागि सबैजनलाई धेरै-धेरै धन्यवाद भन्न चाहन्छु । यो आइतबार हाम्रो अमेरिकन आइडलको शीर्ष २० प्रस्तुति प्रिमियर हुन गइरहेको छ । यसमा अगाडि बढ्न मलाई हजुरहरुको भोटको आवश्यकता पर्नेछ । हजुरहरुले तीनवटा माध्यमबाट भोट गर्न सक्नुहुनेछ ।

एउटा टेक्स्टबाट, वेबसाइट र अमेरिकन आइडलको एपबाट एकजनाले ३० पटकसम्म भोट गर्न मिल्छ । त्यसकारण नबिर्सनु होला ।’

कोरोना भाइरसको महामारीका बीच पनि सोले आफ्नो बाँकी प्रस्तुती प्रशारणमा ल्याउने भएको हो । प्रतिस्पर्धीहरु आ-आफ्नो घरबाटै प्रसारणमा जोडिनेछन् ।