अस्पतालहरुलाई अत्यावश्यक तथा आकस्मिक सेवा बन्द नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

अस्पतालहरुलाई अत्यावश्यक तथा आकस्मिक सेवा बन्द नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले अस्पतालहरुलाई अत्यावश्यक तथा आकस्मिक सेवा नरोक्‍न आग्रह गरेको छ ।

सोमबार नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले क्यान्सर, प्रसुति ,डायलाइसिस, मुटु रोग, दम तथा दीर्घ रोगीहरुको उपचारका लागि अस्पतालहरु हरदम तयार हुनुपर्ने र नकार्न नपाइने बताएका हुन्।

नियमित औषधि सेवन कर्ता, दीर्घरोगी, अपांगता भएका व्यक्ति आदिलाई दैनिक जीवनयापनका लागि अत्यावश्यक सामानको व्यवस्थापन गर्न स्थानीय निकाय तथा सम्बन्धीत सरोकारवालाले सहजीकरण गरिदिन मन्त्रालयले आग्रह गरेको हो।

सोमबारसम्म देशभरी आरडीटी विधिबाट २५ हजार १ सय ४८ परीक्षण भएका छन् भने पीसीआरबाछ ८ हजार ४ सय १४ नमुना परीक्षण भएका छन्। हालसम्म दुवै विधिबाट ३३ हजार ५ सय ६२ वटा परीक्षणहरु भएका छन्।

त्यसैगरी सोमबारको अपडेटमा आइसोलेसनमा देशभरी १ सय ११ जना छन्। काठमाडौंमा ४ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर १ सय ७ जना रहेका छन्। क्वारेन्टाइनमा ५ हजार ९ सय ३६ जना रहेका छन्।

मन्त्रालयका अनुसार नेपालमा संक्रमितको सख्ंया ३१ छ जसमा ४ जना निको भएर घर फर्किसकेका छन्।