प्रदेशको सम्वृद्धिलाई केन्द्रमा राखेर बजेट ल्याउन सांसदको सुझाव

प्रदेशको सम्वृद्धिलाई केन्द्रमा राखेर बजेट ल्याउन सांसदको सुझाव

धनगढीः आगामी आर्थिक वर्ष २०७५÷७६ को बजेटको पूर्व छलफल शुक्रबारदेखि सुरु भएको छ। बुधवारको प्रदेश सभा बैठकमा अर्थमन्त्री झपट बोहराले आगामी आर्थिक वर्ष २०७५÷७६ को बजेटका सिद्धान्त, उदेश्य, प्राथमिकता र नीतिबारे जानकारी दिन बजेटको पूर्व (प्रि) छलफलका लागि ससदमा प्रस्ताव पेश गरेका थिए।

शुक्रबार बसेको प्रदेश सभा बैठकमा बजेटको पूर्व छलफलमा करिव १ दर्जन प्रदेश सभा सदस्यले धारणा राखेका छन्। उनीहरुले प्रदेशको सम्वृदिको आधार तय गर्ने कुरालाई प्राथमिकतामा राख्न सुझाव दिएका छन्। काग्रेसका प्रदेश सभा सदस्य डिल्लिराज पन्तले प्रदेशको आर्थिक विकाशमा केन्द्रित बजेट ल्याउन सुझाव दिए। 

नेपाल कम्युनिष्ट पार्टीका सांसद महेशदत्त जोशीले स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्दै आर्थिक सम्बृदि हासिल गर्नतर्फ बजेट केन्द्रित हुनुपर्ने बताए। 

नेपाली काग्रेसका सांसदले चालु आर्थिक वर्षका लागि ल्याइएको अल्पकालीन बजेटको कार्यान्वयनबारे प्रश्न गरेका छन्। उनीहरुले कार्यान्वयनको अवस्था जानकारी गराउन समेत माग गरेका छन्। काग्रेसका सांसद गोविन्दराज बोहराले चालु आर्थिक वर्षको बजेट कार्यान्वयमा जोड दिँदै प्रदेशको सम्वृदिको आधार तय गर्ने कुरालाई प्राथमिकतामा राख्न सुझाव दिए। 

नेपाल कम्युनिष्ट पार्टीका सांसद लिलाधर भट्टले बजेट ल्याउनुअघि विज्ञ समहु, प्रतिपक्षी दल र प्रदेश सभाका सासदसग बृहत् छलफल गर्दै बजेट निर्माण गर्न आग्रह गरे। 

आजको प्रदेश सभाको विशेष समयमा बोल्दै नेपाली काग्रेसका सांसद भरत बहादुर खड्काले प्रदेश सरकार कुहिएका काठजस्तो भएको टिप्पणी गरे। प्रतिपक्षी दलको सहयोग पाएको भए पनि सरकारले गति लिन नसकेको उनले आरोप लगाए। 

विशेष समयमा उठाइएका प्रश्नकोे जवाफ एक हप्ताभित्र सम्बधित मन्त्रीलाई दिन भन्दै पत्राचार गर्न सभामुख अर्जुन बहादुर थापाले ससद सचिवालयका कर्मचारीलाई निर्देशन समेत दिए। आजको प्रदेश सभा बैठकले विभिन्न विषयगत समितिका सभापतिको निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरेको छ। जसअनुसार जेठ १३ र १४ गते निर्वाचनको मिति तोकिएको छ। 

स्थानीय तहका वडा अध्यक्ष बाहेकका नगर कार्यपालिका सदस्य तथा नगर र गाउँ सभा सदस्यहरूले अन्य जनप्रतिनिधि सरह सेवा सुविधा पाउँनु पर्ने माग राख्दै प्रदेश ७ का प्रदेश सभासदस्यहलाई प्रदेश भवनमै गएर ज्ञापन पत्र बुझाएका छन्। कैलालीका १३ वटै स्थानीय तहका वडा सदस्यहरूले आज प्रदेश सभा भवनमै पुगेर प्रदेश सभा सदस्यहरूलाई ज्ञापन पत्र बुझाएका छन्।