सुपथ मूल्य पसलका लागि आएको चिनी साल्ट ट्रेडिङको गोदाममै थन्कियो

सुपथ मूल्य पसलका लागि आएको चिनी साल्ट ट्रेडिङको गोदाममै थन्कियो

धनगढी : सुदूरपश्चिम प्रदेशमा दसैँ, तिहार र छठलाई लक्षित गरी सञ्चालन गरिएका सुपथ मूल्य पसलका लागि आएको चिनी विक्रि वितरण हुन सकेको छैन ।

जसका कारण साल्ट ट्रेडिङ क्षेत्रीय कार्यालय धनगढीको गोदाममा चिनि थन्किएको छ । सरकारले मूल्य निर्धारण नगर्दा साल्ट ट्रेडिङले सुपथ मूल्य पसलबाट सहुलियत दरमा चिनी बिक्री गर्न नसकेको हो ।

सरकारले मूल्य निर्धारण नगर्दा नुन मात्रै बेच्दै आएको साल्ट ट्रेडिङ क्षेत्रीय कार्यालय धनगढीका प्रमुख सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेयले बताउनुभयो ।

गत बर्ष ९८ हजार ८ सय ६५ किलो नुन र १३ हजार २ सय ६२ किलो चिनि बिक्रिबितरण भएको थियो । तर यस बर्ष सुपतमुल्य पसलमा चिनिको मुल्य सरकारले निर्धारण गर्न नसकेका कारण नुन हालसम्म १७ हजार ७ सय ८३ किलो विक्रि वितरण भएको छ ।

चिनीको मूल्य निर्धारण नभएपछि साल्ट ट्रेडिङले सुदूरपश्चिम प्रदेशका सात ठाउँमा सञ्चालन गरिरहेको सुपथ मूल्य पसलमा नुन मात्र बिक्री भइरहेको छ । दसैँअघिदेखि नै चिनी बिक्री गर्ने तयारी गरिए पनि आपूर्ति मन्त्रालयको निर्देशनपछि रोकिएको थियो ।

चाडपर्वलाई लक्षित गरी सरकारले सुपथ मूल्य पसलबाट बिक्री गर्न चिनीको मूल्य प्रतिकिलो ७० रुपैयाँ निर्धारण गरेको थियो । तर, संसद्को सार्वजनिक लेखा समितिले चिनीको मूल्य प्रतिकिलो ६३ रुपैयाँ कायम गर्न सरकारलाई निर्देशन दिएको थियो ।

त्यसपछि देशभर नै सुपथ मूल्य पसलबाट चिनीको बिक्री वितरण रोकिएको हो । साल्ट ट्रेडिङ क्षेत्रीय कार्यालय धनगढीका प्रमुख सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेयले सरकारकै कारण चिनि विक्रि वितरण गर्न नसकिएको बताउनुभयो ।

साल्ट ट्रेडिङले हरेक वर्ष दसैँ–तिहारका वेला बजारको भन्दा कम मूल्यमा चिनी र नुन बिक्री गर्दै आएको थियो ।

यसपटक चिनी बिक्री नभएपछि बजारबाट महँगोमा किन्नुपरेको सर्वसाधारणको गुनासो छ । अहिले धनगढीमा चिनीको मूल्य प्रतिकिलोग्राम ८० रुपैयाँ र पहाडी जिल्लामा प्रतिकिलोग्राम ९५ रुपैयाँसम्म पर्छ । साल्ड ट्रेडिङको चिनीको मूल्य भने प्रतिकिलोग्राम ७० रुपैयाँ तय गरिएको थियो ।

साल्ट ट्रेडिङले बिक्री नगर्दा चिनीको मूल्य बढेको उपभोक्ता आत्मराम बिनाडीको भनाई छ । चार्डपर्वलाई लक्षित गरि राखेको सुपतमुल्य पसल कात्तिक २७ गतेसम्म सञ्चालन हुने बताईएको छ ।