३३ जना चिकित्सकको टोली सुदूरपश्चिममा, कुन जिल्लामा कति ?

३३ जना चिकित्सकको टोली सुदूरपश्चिममा, कुन जिल्लामा कति ?

धनगढी : नोभेल कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा यसको नियन्त्रण, रोकथाम र उपचारका लागि ३३ जना चिकित्सकको टोली सुदूरपश्‍चिम पुगेको छ । नेपाल सरकारले कोरोना संक्रमितको उपचारका लागि ३३ चिकित्सकलाई सुदूरपश्‍चिम पठाएको हो । 

३३ जना सुदूरपश्‍चिम पुगिसकेको र उनीहरु सबै व्यवस्था प्रदेश सरकारले व्यहोर्ने सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जानकारी दिए । 

उनीहरु कोरोना संक्रमितको उपचारमा खटिने मन्त्री सुवेदीले बताए । उनले भने, "आज ३३ जना चिकित्सक धनगढी पुग्‍नु भएको छ । उहाँहरुलाई भोलि सुदूरपश्‍चिमका विभिन्‍न जिल्लामा खटाइने भएको छ । 

कुन जिल्लामा कति ? 

अछाम - तीन
दार्चुला - तीन
बैतडी -तीन
डडेल्धुर -तीन 
बझाङ-दुई
कैलालीको टीकापुर - दुई
कञ्‍चनपुर - चार
कैलालीको धनगढी- १३ जना