सुदूरपश्चिम प्रदेशमा ६ हजार २२६ नमूना परीक्षण, ५ जना संक्रमित

सुदूरपश्चिम प्रदेशमा ६ हजार २२६ नमूना परीक्षण, ५ जना संक्रमित

धनगढी : कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशमा हालसम्म ६ हजार २२६ जना शंकास्पद व्यक्तिहरुको नमूना परीक्षण गरिएको छ ।

सामाजिक विकास मन्त्रालयले बिहीवार जारी गरेको सूचना अनुसार हालसम्ममा ६ हजार ८७४ जनाको नमूना संकलन गरिएकोमध्ये ६ हजार २२६ जनाको परीक्षण गरिएको हो । परीक्षणबाट हालसम्म ५ जना बिरामीमा कोरोना पोजिटिभ देखिएको छ ।

सुदूरपश्चिमको ९ वटै जिल्लाहरुमो आरडीटी र पीसीआर दुवै विधिबाट परीक्षण थालिएको छ । जसअनुसार पीसीआरबाट २ हजार ५४१ जनाको नमूना संकलन गरिएको छ, भने १ हजार ८९३ जनाको परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

परिक्षण रिपोर्टबाट ५ जनाबाहेक सबैमा नेगेटिभ रिपोर्ट आएको छ । त्यस्तै हालसम्म ४ हजार ३३३ जनाको आरडीटी परीक्षण गरिएको छ ।