नेता विहीन प्रदेश ७ मा प्रतिपक्ष दल: काँग्रेस छान्ने तयारीमा, राजपा अलमलमा

नेता विहीन प्रदेश ७ मा प्रतिपक्ष दल: काँग्रेस छान्ने तयारीमा, राजपा अलमलमा

धनगढी: सरकार गठन भएको तिन महिनासम्म पनि प्रदेश नम्बर ७ का प्रतिपक्षी दलले संसदीय दलको नेता छान्न सकेका छैन । प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीले अझैसम्म नेता छान्न नसकेका हुन । 

प्रदेश सरकारको काम कारबाहीमा समर्थन र विरोध गर्ने भूमिका प्रतिपक्षी दल रहने भए पनि संसदीयको नेता छान्न नसक्दा काँग्रेस र राजपा आफै अन्योलमा छन् । 

नेता छान्दै काँग्रेस
तिन महिनासम्म संसदीय दलको नेता छान्न नसकेको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस भने नेता छान्ने तयारीमा जुटेकोे छ । नेपाली काँग्रेसका सांसद कर्ण मल्लले जेठ ५ गतेसम्म संसदीय दलको नेता र कार्य समिति चयन हुने दाबी गरे । 

त्यसका लागि केन्द्रीय प्रतिनिधि काँग्रेस नेता एन पी सावद बिहीबार धनगढी पुगेका छन् भने निर्वाचन अधिकृतमा अधिवक्ता प्रयागदत्त भट्टलाई तोकिएको छ । 

‘संसदीय दलको नेता ५ गतेसम्म सर्वसम्मत हुन्छ । तर, विधान अनुसार चुनावी प्रक्रिया भने पुरा गछौ ।’ मल्लले भने, ‘ढिला किन भयो भनेर नसोध्नुस् केन्द्रीय पार्टी सभापतिलाई सोध्नुस् ।’

यस्ता छन् आकाङक्षी
सरकारको पहरेदार मानिने प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस नेता विहीन हुँदा ससदमा अपेक्षाकृत रूपमा प्रस्तुत हुन सकेन । करिब ३ महिना बसेको ससदको पहिलो अधिवेशनमा कहिल्यै पनि विरोधका आवाज सुनिएन । 

संसदीय दलको नेताको टुंगो नलाग्दा संसदको सूचना जानकारी देखी पार्टीका काम कार्वाहीहरु प्राभावित भएको स्वयम काँग्रेसका सांसदहरूले गुनासो गर्ने गरेका छन् । 

संसदीय व्यवस्थामा संसदीय दलका नेता दलको कार्यकारी हुने हुँदा नेपाली काँग्रेसमा अहिले ३ जना आकाक्षीं रहेका छन् । कैलालीको टिकापुरबाट निर्वाचित सांसद डाक्टर रण बहादुर रावल, डोटी बाट निर्वा्चित सांसद भरत बहादुर खड्का र डडेल्धुराबाट निर्वा्चित सांसद कर्ण मल्लले दलको नेताका लागि  दाबी गर्दै आएका छन् । 

उनीहरू संसदीय दलको नेता बन्नलाई पार्टी नेतृत्वसँग लविव गरिरहेका छन् । पार्टीको महासमिति सदस्य, राष्ट्रिय विकास परिषद्को सदस्य हुँदै विगत लामो समय सम्म निरन्तर पार्टीमा रहेकाले पार्टीले जिम्मेवारी दिए आफू पछाडि नपर्ने डा.रावलले बताउँदै आएका छन् । 

यस्तै अर्का आकांक्षि कर्ण मल्लले पार्टीको २ पटक सभापति भैसकेकोले दलको नेता पाउनु पर्ने दाबी गरेका छन् भने पार्टीको सबै भन्दा पुरानो नेता, सबैलाई समेट्ने क्षमता भएको भन्दै नेता खड्काले संसदीय दलको नेतामा दाबी गर्दै आएका छन् ।

यसअघि पनि नेता छान्नका लागि प्रयास गरिएपनि आकाङक्षी पछि नहटेपछि उक्त प्रयास असफल भएको थियो । गत माघ महिनाको अन्तिम साता बाट केन्द्रीय कमिटी सदस्य एन पी साउँदलाई  खटाएर काँग्रेसले संसदीय दलको नेता छनोटको प्रक्रिया सुरु गरेको थियो । 

प्रदेश ७ मा काँग्रेसका प्रत्यक्षबाट ४ र समानुपातिकबाट ८ सिट १२ सांसद छन् । 

दुई सिटे राजपा अलमलमा 
दुई जना प्रदेश सभा सदस्य भएको राजपा समेत संसदीय दलको नेता छान्नमै अल्मिलिएको छ । राजपावाट कृष्ण चौधरी र मालामती रानाले दुई जनाको प्रदेश सभामा प्रतिनिधित्व छ । आपसी रस्साकस्सीले दुई जना बिच पनि सहमति हुन सकेको छैन ।

पार्टी नेतृत्वले समेत संसदीय दलको नेता कसलाई बनाउने भन्ने विषयमा निर्णय गर्न सकेको छैन । दुवै सांसदले आफूलाई नेता बनाउनुपर्ने अडान रान्दै आएका छन् । 

ससदको सबै भन्दा ठुलो दल एमालेले प्रकाश बहादुर शाहलाई ससदीयद दलको नता चयन गरिसकेको छ भने माओवादी केन्द्रले त्रिलोचन भट्टलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको थियो ।

एमाले संसदीय दलका नेता शाह आन्तरिक मामिला तथा कानुन मन्त्री छन् भने माओवादी केन्द्रका संसदीय दलका नेता भट्ट मुख्यमन्त्री छन् ।