"लकडाउनमा जनताको दैनिकी सहज बनाउन प्रतिबद्ध छौ"

"लकडाउनमा जनताको दैनिकी सहज बनाउन प्रतिबद्ध छौ"

धनगढी । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले लामो समयदेखी  ‘लकडाउन’ गरेको छ र पुनः मंलगवार मात्रै बैशाख १५ गते सम्मलाई लकडाउनको समय थप गरेको छ ।

नागरिकको दैनिक उपभोग्य वस्तुको आपूर्तिलाई सहज बनाउन सरकार प्रयत्नशील रहेको देखिन्छ ।

 नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टका प्रमुख स्वकीय सचिब हितेश ओझा यसकै शिलशिलामा सुदूरपश्चिम प्रदेशमा अवस्था बुझन् र आपुर्तीको सहजता का साथै जनताको दैनिकी सहज कसरी बनाउन सकिन्छ भन्ने सवालमा विभिन्न सरोकारवाला संग छलफलमा व्यस्त रहेका छन् ।

आपूर्तिको अवस्था र सरकारको तयारीका बारेमा उनी आपूर्ति व्यवस्थालाई थप सहज बनाउन खटिइरहेका देखिन्छन् ।

यसै सन्दर्भमा उनले आज उपलव्ध केहि धनगढी बाट क्रियाशिल पत्रकारहरु संग अनौपचारिक छलफल तथा आपुर्ती व्यवस्था तथा लकडाउनको समयमा नागरिकको दैनिकी सहज बनाउनका लागी गर्नुपर्ने कार्यका लागी सुझावहरु संकलन गरेका छन । 

"नागरिकको सहजताका लागी डेलिभरी दिन तयार छौ" 

सरकारले जनताको भान्छामा दैनिक उपभोग्य वस्तुको कुनै अभाव हुन नदिन तयारी तीव्र बनाएको छ । देश भरी नै  अत्यावश्यक वस्तु पुगाउन साल्ट ट्रेडिङ मार्फत घरमै डेलिभर गर्न सकिने गरी व्यवस्था गरिएको छ ।  

मिनीट्रकको प्रयोग गरेर अभाव भएको ठाउँमा अत्यावश्यक वस्तु पुर्‍याइने मन्त्री भट्टका स्वकिय सचिव ओझाले जानकारी दिनुभयो । विभिन्न सम्बन्धीत निकाय संगको सहकार्यमा खाद्य वस्तुको अभाव भएका ठाउँमा  पुर्‍याउने गरि "मेकानिजम" तयार गरिएको ओझाको भनाई छ । जसका लागी मन्त्रालयले ११३७ मा सिधै फोन मार्फत पनि सम्पर्क गर्न सकिने व्यवस्था मिलाएको छ । 

आपूर्ति व्यवस्थालाई सहजीकरण गर्न नेपाल र भारतका वाणिज्य सचिवबीच नियमित कुराकानी हुने व्यवस्था मिलाइएको उनले बताए । उनका अनुसार भारतका समकक्षी संग मन्त्री भट्टले नियमीत सम्पर्क गरिरहनु भएको छ ।  

अहिलेसम्म भारतबाट आयात हुने कुनै पनि वस्तुमा अवरोध नभएको उनको भनाइ छ । आपूर्तिमा कुनै समस्या नआउने  तर्फ दृढतासमेत व्यक्त गरे ।