भारतमा जारी ५ औ इन्डो नेपाल कराते प्रतियोगीतामा नेपाललाई हालसम्म पाच स्वर्ण

भारतमा जारी ५ औ इन्डो नेपाल कराते प्रतियोगीतामा नेपाललाई हालसम्म पाच स्वर्ण

हल्दानी : भारतको हल्दानी र नैनीतालमा जारीे ५ औ इन्डो नेपाल कराते प्रतियोगीतामा नेपालले हालसम्म पाच वटा स्वर्ण पदक जितेको छ ।

६ वर्षका आदित्य श्रेष्ठ गोल्ड मेडल पाएका छन । उनले नेपालले झन्डा फरराउदै मेडल सहित सम्मान पाएका हुन । 

प्रतियोगीता शुक्रवार सम्पन्न हुने छ ।  अल इण्डीया वादोकाइ कराते दो संघको आयोजनामा भइरहेको कराते प्रतियोगीतामा नेपालका तर्फबाट ३५ जना खेलाडी सहभागी छन । 

उक्त प्रतियोगीतामा सहभागी नेपाली टिमको नेतृत्व राष्ट्रीय गोजुरियो कराते दो संघका केन्द्रीय महासचिव प्रकाश कुमार चन्दले गरिरहनुभएको छ भने उहाँले प्रमुख रेफ्रीको भुमिका समेत निवार्ह गरिरहनुभएको छ । 

प्रत्येक वर्ष आयोजना हुने उक्त प्रतीयोगीतामा नेपाल ३ पटक च्याम्पीयन भइसकेको छ । प्रतियेगितामा सहभागी हुन गएको खेलाडी, अफिसियल सहितको नेपाली टोलीलार्ई बुधवार धनगढी उपमहानगरपालिकाका प्रमुख नृप ओडले बिदाई गर्नुभएको थियो ।