रकमान्तर छानबिन गर्न खानेपानी मन्त्रालयले सबै प्रदेशमा खटायो टोली

रकमान्तर छानबिन गर्न खानेपानी मन्त्रालयले सबै प्रदेशमा खटायो टोली

काठमाडौं : खानेपानी मन्त्रालयले रकमान्तरबारे छानबिन गर्न सातवटै प्रदेशमा अनुगमन टोली गठन गरेको छ ।

बुधबार दिउँसो मन्त्रालयका सचिव गजेन्द्र ठाकुरको अध्यक्षतामा बसेको बैठकले छानबिन टोली गठन गरेको हो । बैठकले रकमान्तरका विषयमा भएको यथार्थ १५ दिनभित्र बुझाउन टोलीलाई निर्देशन पनि दिएको छ ।

अनुगमनमा टोलीमा प्रदेश १ मा अरुण सिम्खडा, कमलकान्त पौडेल र नरेश रेग्मी, प्रदेश २ मा नन्दलाल बञ्जाडे, नारायण पाण्डे र समित यादव, प्रदेश ३ मा रमाकान्त दुवाडी, अनोज उपाध्याय र रामचन्द्र ढंगाल, गण्डकी प्रदेशमा चन्द्रबहादुर केसी, महेन्द्र महर्जन र लोकबहादुर खड्का रहेका छन् ।

त्यसैगरी प्रदेश नं ५ मा प्रदीप मुडवरी, तिलकराम श्रेष्ठ र राजेन्द्र घिमिरे, कर्णालीमा प्रेमकृष्ण सिंह, सुधिर शाह र नवराज न्यौपाने र सुदूरपश्चिममा पूर्णप्रसाद उपाध्याय, मधुसुदन खनाल र भक्तबहादुर शाह अनुगमन टोलीमा रहेका छन् ।

बुधबार केही सञ्चार माध्यममा खानेपानी मन्त्रालय मातहतका कार्यालयहरुमा रकमान्तर भएको भन्ने समाचार आएपछि मन्त्रालयले आकस्मिक बैठक बोलाएको हो ।

मन्त्रालयको स्वीकृति बिना गरिएको रकमान्तर मान्य नहुने भन्दै यथाशिघ्र छानबिन टोली गठन गर्न खानेपानी मन्त्री बिना मगरले सचिव ठाकुरलाई निर्देशन दिनुभएकाे छ  । रकमान्तरबारे थप रिपोर्ट आएपछि पुन बैठक बसेर आवश्यक कारवाही गर्ने सचिव ठाकुरले जानकारी दिनुभयाे ।साभार: अनलाइनखबर