व्रेन स्टोर्म अवोर्ड एजुकेसनको धनगढीमा शाखा विस्तार

व्रेन स्टोर्म अवोर्ड एजुकेसनको धनगढीमा शाखा विस्तार

धनगढी, ३ जेठ । 

व्रेन स्टोर्म अवोर्ड एजुकेसन तथा ईमाईर्गेसन कन्सल्टेन्सि प्राईभेट लिमिटेडको धनगढीमा शाखा विस्तार गरिएको छ । 

धनगढी उपमहनगरपालिका वडा नम्बर ५ को ऐश्वर्य विद्या निकेतन अगाडी शाखाको विहिवार एक कार्यक्रमकाविच धनगढी उपमहानरपालिकाका प्रमुख नृप बहादुर वडले उद्घाटन गरेका छन् ।

यसअघि मुख्य कार्यालय काठमाण्डौको नया बानेश्वरमा र शाखा कार्यालय अष्टे«लियामा रहेको व्रेन स्टोर्मको धनगढीमा पनि शाखा सञ्चानलमा ल्याईएको हो । 

अध्ययन गर्न विदेश जान चाहने विद्यार्थीको सहजताका लागि धनगढीमा शाखा सञ्चालनमा ल्याईएको व्रेन स्टोर्म अवोर्ड एजुकेसन तथा ईमाईर्गेसनका म्क्यानेजिङ डाईरेक्टर कमल खातीले जानकारी दिए । 

व्रेन स्टोर्म अवोर्ड एजुकेसन तथा ईमाईर्गेसन कन्सल्टेन्सि प्राईभेट लिमिटेड धनगढीका प्रमुख दिपेन्द्र विष्टले ७ नम्बर प्रदेशबाट अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीले काठमाण्डौ जानुनपर्ने बताए । 

उनले धनगढी शाखाबाट विभिन्न देशको भाषा सिकाउनुका साथै ति देशमा अध्ययनका लागी जाने विद्याथीहरुको भिसा तयारी समेत व्रेन स्टोर्म अवोर्ड एजुकेसनले गर्न बताए ।