चीनमा कोरोना संक्रमणमा चमत्कारिक सुधार , यस्तो छ पछिल्लो अवस्था

चीनमा कोरोना संक्रमणमा चमत्कारिक सुधार , यस्तो छ पछिल्लो अवस्था

विश्वमा महामारीको रुपमा रहेको कोरोना भाइसरका कारण यो समाचार तयार पार्दासम्म विश्वभर १ लाख २ हजार ५३ जनाले ज्यान गुमाएका छन् भन १६ लाख ८४ हजार २८० बन्दाबढी जनालाई कोरोनाको संक्रमण भएको छ ।

त्यसैगरी ३ लाख ७५ हजार भन्दा बढी उपचार पछि निको भएर घर गएका छन् । विश्वभर कोरोना भाइरसका कारण ४९ हजार जनाको अवस्था गम्भीर रहेको छ ।यसैबीच कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म चीनमा ३ हजार ३ सय ३६ जनाको निधन भइसकेको छ ।

भने कुल संक्रमित ८१ हजार ९ सय ७ रहेको छ । जसमा ७७ हजार ४ सय ५५ जना उपचारपछि निको भएर घर गइसकेका छन् । अहिले कोरोना संक्रमित भएर चीनमा उपचाररत भनको ११ सय १६ जना रहेका छन् जसमा १ सय ४४ जनाको अवस्था गम्भिर छ ।

पछिल्लो कोरोना आकडा हेर्दा चिनले महामारीबाट मुक्ति पाउनेतर्फ अग्रसर देखिन्छ ।