अमेरिकामा ५ लाखभन्दा बढी संक्रमित, मृतकको संख्या १८ हजार नाघ्यो

अमेरिकामा ५ लाखभन्दा बढी संक्रमित, मृतकको संख्या १८ हजार नाघ्यो

कोरोना भाइरसको नयाँ इपिसेन्टर बनेको अमेरिकामा संक्रमितको संख्या मात्र ५ लाख नाघेको छ । शनिबार बिहानसम्मको तथ्यांकका अनुसार ५०२,०४९ जनामा संक्रमण देखिएको छ भने पछिल्लो २४ घण्टामा मात्र ३३,४८३ मा संक्रमण भेटिएको छ ।

त्यहाँ कोरोनाबाट मृत्यू हुनेको संख्या १८,७१९ पुगेको छ भने पछिल्लो २४ घण्टामा २,०३७ जनाको मृत्यू भएको छ । अमेरिकामा अहिलेसम्म २७,२३९ जना कोरोना संक्रमणबाट निको भइसकेका छन् भने ४५६,०९१ जना अहिलेपनि उपचाररत छन् जसमध्ये १०,९१६ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटरले जनाएको छ ।

अमेरिकामा सबैभन्दा बढी न्यूयोर्कमा १७२,३५८ जनामा संक्रमण देखिएको छ । यो कुनै पनि एउटा राष्ट्रमा देखिएको संक्रमणको संख्या भन्दा धेरै हो । पछिल्लो समय मात्र त्यहाँ १०,८५४ जनामा संक्रमण देखिएको छ । न्यूयोर्कमा अहिलेसम्म ७,८४४ जनाको मृत्यू भइसेको छ ।

न्यूयोर्कलाई पछ्याइरहेको न्यू जर्सीमा ५४,५८८ जनामा संक्रमण देखिएको छ जहाँ १,९३२ जनाको मृत्यू भइसकेको छ ।