कैलालीमा लकडाउन उल्लंघन गर्ने एक सय ५ जनालाई एक घण्टा सडकमा उभ्याइयो

कैलालीमा लकडाउन उल्लंघन गर्ने एक सय ५ जनालाई एक घण्टा सडकमा उभ्याइयो

धनगढी : लकडाउन उल्लंघन गरेको भन्दै १०५ जनालाई कैलाली प्रहरीले एक घण्टा सडकमा उभ्याएको छ।

लकडाउनको १७औं दिनमा कैलाली प्रहरीले गोदावरी नगरपालिकाको अत्तरिया चोक र धनगढीमा उनीहरूलाई बिनाकाम हिँडिरहेको फेला पारेपछि सडकमा उभ्याए कोजिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। 

उनले दूरी कायम गर्दै सडक छेउमा एक घण्टा उभ्याएर लकडाउनबारे सम्झाइ बुझाइ एकपटकका लागि भनेर छाडिएको बताए।