कोरोना परीक्षणको दायरा बढाइएको सरकारको दाबी, २ हजार ३६६ जनाको नमुना परीक्षण

कोरोना परीक्षणको दायरा बढाइएको सरकारको दाबी,  २ हजार ३६६ जनाको नमुना परीक्षण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको फैलन नदिने परीक्षणको दायरालाई बढाइएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकाटाले बुधबार नियमित पत्रकार सम्मेलनमा बोल्दै कोरोना परीक्षणको दायरालाई बढाइएको बताएका हुन् ।

प्रवक्ता देवकोटाले चैत महिनामा विदेशबाट आएका काठमाडौं उपत्यका र उपत्यका बाहिर विभिन्न जिल्लामा क्वारेन्टाइनमा रहेका व्यक्तिकोहरु कोरोना परीक्षणको दायरा बढाइएको बताए ।

परीक्षणको दायरालाई बढाउन हामीले काठमाडौं उपत्यका बाहिर पनि नमूना संकलनको कामलाई तीब्र बारेका छौं,’ डा देवकोटाले भने । देवकोटाका अनुसार कैलाली र कञ्चनपुरमा एक सय ९८ वटा नमूना संकलन गरिएको र उक्त नमुना र्‍यपिड टेस्ट किट र पीसीआर दुवै विधिबाट परीक्षण गरिने छ ।

यस्तै अछाम, जुम्ला, र सुर्खेतबाट ८ सय दुई जनाको नमूना संकलन गरी पीसीआर विधिबाट परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइसकेको प्रवक्ता डा देवकोटाले बताए । यस्तै दिपायलमा पनि बुधबार बिहानदेखि नै करिव ३ सय नमूना संकलन गर्न टोली परिचालन गरिएको प्रवक्ता देवकोटाको भनाइ छ ।

उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १९ सय ६५ र काठमाडौं उपत्यका बाहिर ४ सय १ वटा गरी २३ सय ६६ वटा परीक्षण भएको पनि बताए । डा देवकोटाका अनुसार बुधबार मात्र १ सय ८० वटा केसका नमूनाहरु परीक्षणकै क्रममा छन् ।