अब धनगढी मै एकै पटक धेरै नमूना परीक्षण हुने, आरटीपीसीआर मेसिन धनगढी पुग्यो

अब धनगढी मै एकै पटक धेरै नमूना परीक्षण हुने, आरटीपीसीआर मेसिन धनगढी पुग्यो

धनगढी : कोरोना भाईरसको उच्च जोखिममा रहेको सुदूरपश्चिममा परक्षिण प्रयोगशालाका लागि अत्याधुनिक उपकरण धनगढी पुगेको छ ।

आरटीपीसीआर मेसिन सहित कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य उपकरण ल्याएर आएको नेपाली सेनाको स्काई ट्रक धनगढी बिमानस्थलमा अवतरण भएको छ ।

सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रहेको धेरैजनाको एकै पटक  कोभिड १९ परीक्षण गर्न मिल्ने आरटीपीसीआर मेसिन सुदूरपश्चिम पठाएको हो ।

यो मेसिन धनगढीमा जडान गरिने छ । उक्त मेसिनले तीन घण्टाको फरकमा ९६ वटा नमूनाको स्वाब परीक्षण गर्न सक्ने बताईएको छ ।