गहु चुट्ने थ्रेसरको पट्टामा बेरिएर कंचनपुरमा एक महिलाको मृत्यु

गहु चुट्ने थ्रेसरको पट्टामा बेरिएर कंचनपुरमा एक महिलाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरका २२ बर्षिय रेवती पाण्डेय जोशीको गहुँ थे्रसिङ गर्ने थे्रसरको पट्टामा बेरिएर आज मृत्यु भएको छ ।गहुँ थ्रेसिङ गरि रहेका बेला दुपट्टा थे्रसरको पट्टामा बेरिदा जोशीको टाउकोमा गम्भीर चोट लागेको थियो ।

गम्भीर चोट लागेपछि उपचारका लागि कैलालीको निसर्ग अस्पतालमा पुरयाईए पनि उपचार हुन नसकेपछि थप उपचारका लागि बाँकेको कोहलपुर तर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक धर्मेन्द्र रावलले बताउनु भयो।
मृतकको शव परिक्षणका लागि महाकाली अस्पताल पुरयाईएको छ।