कैलालीमा र्‍यापिड टेस्ट टोलीले २१ जनाको नमुना संकलन गर्‍यो

कैलालीमा र्‍यापिड टेस्ट टोलीले २१ जनाको नमुना संकलन गर्‍यो

धनगढी : कोरोनाभाइरस ¥यापिड टेस्ट गर्ने टोलीले कैलालीको गोदावरी नगरपालिकास्थित तेघरी व्यारेक करेन्टाइनमा रहेका २१ जनाको नमुना संकलन गरेको छ ।

तालिम प्राप्त ¥यापिड टेस्ट गर्ने टोलीले आज सो क्षेत्रबाट २१ जनाको नमुना संकलन गरेको हो । संकलन गरिएको नमुना आजै सेनाको हेलिकप्टर मार्फत काठमाडौ लगिने स्वास्थ्य कार्यालय कैलालीका ल्याब टेक्निसियन नारायण ढुङ्गानाले जानकारी दिए ।

संकलन गरिएको स्वावको नमुना पीसीआर मेसिन र ¥यापिड डाइग्नोष्टिक टेष्ट किटवाट परीक्षण गरिने उनले बताए ।