मिसाएर खान नहुने १० खाने कुरा

मिसाएर खान नहुने १० खाने कुरा

खाना स्वादिलो भयो भने मानिस खानाको स्वादमा हराउँछन् । तर कतिपय अवस्थामा मानिसले खानेकुराको नियम भने भुल्छन् । कहिले काँहि यस्ता कुरामा ध्यान नदिँदा तपाइँको स्वास्थ्यमा गम्भिर असर पर्न सक्छ ।

कुनै खानेकुरा अर्को खानेकुरासँग मिसाएर खानु घातक हुन सक्छ । यहाँ मिसाएर खान नहुने १० खाने कुराको चर्चा गरिएको छ ।

दुध र दही

दुधसँग दही मिसाएर खानु स्वास्थ्यका लागि घातक मानिन्छ । दुध र दहीमा हुने तत्वको प्रतिक्रिया शरीरमा नराम्रो हुन सक्छ । दही र दुध सँगै खाँदा पेटमा समेत समस्या हुने विज्ञहरु बताउँछन् ।

मासु र मिठाइ

कुखुराको मासु खानु भएको छ भने सके सम्म दुधका पदार्थहरु नखानुस् । मिठाइसँग मासु खानु नराम्रो मानिन्छ । यसले पनि पेटमा समस्या ल्याउन सक्छ ।

कोल्डड्रिङ्क्सपछि गुटका वा पान मसला

यदि तपाइँले कोक फान्टा वा अन्य कोल्ड ड्रिङ्क्स सेवन गर्नु भएको छ भने पान मसला वा गुट्का सेवन नगर्नुस् । पेपरमिन्ट भएको पान मसलासँग कोल्ड ड्रिङ्क्स सेवन गर्नु घातक मानिन्छ । यी दुईको मिश्रण विषाक्त हुने विज्ञहरु बताउँछन् ।

आलु र भात

हुन त हाम्रो हरेक तरकारीमा आलु हुन्छ र भातसँग खाने तरकारीमा पनि आलु हुन्छ । तर आलु र भातको मिश्रण पेटका लागि भने समस्या हुने विज्ञहरु बताउँछन् । यी दुवै कुरा एकै पटक सेवन गर्दा पेटमा कब्जियतको समस्या हुने बताइन्छ ।

प्याज र दुध

प्याज र दुध पनि सँगै सेवन गर्नु हुँदैन । प्याजसँग दुध पिउँदा छालामा समस्या आउन सक्छ । यसले दाद, चिलाउने, एग्जिमा सोराइसिस जस्ता रोग लाग्ने खतरा हुन्छ ।

माछा र दही

दही र माछाको मिश्रण पनि शरीरका लागि घातक मानिन्छ । माछाले पेटमा निक्कै गर्मी गर्ने हुँदा चिसो मानिएको दहीसँग खानु हुँदैन । यसले तपाइँलाई छालाको रोग लाग्ने र एलर्ली हुने खतरा समेत बढाउँछ ।

खाना र फल

खाना खाने समयमा फलफूल सेवन नगर्नुस् । फल सेवन गरेपछि कम्तिमा २ घण्टा पछि मात्र खाना खानु राम्रो हुन्छ । खानामा कार्वोहाइड्रेट बढी हुने र फलमा प्रोटीनको मात्र बढी हुने हुँदा यसले पेटमा सँगै खाँदा एसिडिटी बढाउन सक्छ । यसले अपच हुने वा अन्य रोगका खतरा जन्माउँछ ।

दुध र कागती

दुधसँग कागती मिसाएर सेवन नगर्नुस् । यसले तपाइँको स्वास्थ्यमा धेरै हानी गर्छ । किन भने यी दुवै एकैपटक सेवन गर्दा एसिडिटी हुने खतरा हुनंछ ।

मासको दाल र दही

मासको दाल खाएको समयमा दही खानु नराम्रो मानिन्छ । यसले स्वास्थ्यमा नराम्रो असर गर्ने विज्ञहरु बताउँछन् । यसबाट मुटुसम्बन्धी विरामी हुन सक्छ ।

दही र परौठा

यदि तपाइँ परौठा खाँदै हुनुहुन्छ भने दही नखानुस् । किन भने यी दुवैको मिश्रणमा शरीरमा नकारात्मक तत्व पैदा हुन सक्छ । यसले तपाइँको शरीरको उर्जा समेत घटाइदिने विज्ञहरु बताउँछन् ।